Wednesday, September 23, 2009

सुरेश राज: भारतको सर्वोच्च अदालतमा पनि पहुँच लगाउने की?

दशैँको पूर्वसँध्यामा नेपालका शिक्षा माफिया सुरेश राज लगायत राजनैतिक संरक्षण प्राप्त अन्य धेरै माफियाहरुलाई भारतको सर्वोच्च अदालतले दे-दनादन दनक दिएको छ । नेपालीहरु चीनमा पढन जाँदा आफ्ना व्यापारीक निकायहरु घाटामा पर्ने सोचले ग्रस्त भएका सुरेश राजले नेपाली मेडिकल काउन्सील लगायत अन्य धेरै निकायहरु प्रयोग गर्दै चीनमा दीक्षित नेपाली डाक्टरहरुलाई नेपालमा चिकित्सकको अभ्यास गर्न नपाउने व्यवस्था गर्न लगाएका थिए । नेपाल मेडिकल काउन्सील, स्वास्थ्य मन्त्रालय लगायत सँबद्ध निकायहरुमा रहेका भ्रष्ट जमातको प्रयोग गर्दै सुरेश राज लगायतका "मेिडकल एजुकेशन माफिया"ले चीनमा एमबिबिएस पुरा गरेका नेपाली विध्यार्थीहरुले नेपालको कुनै अस्पतालमा इन्टर्नशीप गर्न नपाउने प्रावधान राखेका थिए। फलस्वरुप, यसले चीनमा अध्ययनरत धेरै नेपालीहरुलाई निक्कै अप्ठेरोमा पारेको थियो। आफ्नै देशमा अभ्यास गर्दै चिकित्सकको धर्म निभाउन तयार कुनै नेपालीलाई सो अवसर प्रदान नगरिनु निक्कै घटीया कुरा हो। त्यसमा पनि सरकारको कुनै लगानी विना नेपालीहरु आफै शिक्षामा लगानी गर्छन भने सरकार र सँबन्धित निकायले टाउको दुखाउनु पर्ने कुनै कारण छैन। नेपालमा हाल कमी रहेको चिकित्सकको सँख्यालाई ध्यान दिने हो भने मित्र राष्ट्र चीनबाट कोही दीक्षित हुन्छन र नेपाललाई कर्मभूमी बनाउँछन भने त्यो कुनै हालतमा पनि नराम्रो कुरा थिएन। 

तर, शिक्षालाई व्यापार बनाउँदै आएकाहरुलाई नाफा बाहेक अरु केही कुराको मतलब हुँदो रहेनछ। टन्न नाफा कमाउनका लागी यी कालाव्यापारीहरु जुनसुकै हालतमा पनि एकाधिकार कायम गर्न चाहँदो रहेछ। भारत, श्रीलँका, बँगलादेश, मौरिशस, फिजी लगायत अन्य मुलुकबाट भारतीय मूलका विध्यार्थीहरुसँग चर्को ट्युशन फी उठाउँदै आएका सुरेश राजले नेपाली विध्यार्थीहरुलाई विदेश जानुबाट रोक्नुको एउटै कारण थियो-त्यो हो विदेशीहरु नेपालमा पढन नआएका बखतमा नेपालीहरुलाई उनका व्यापारिक थलोमै पढन बाध्य गर्नु। हो, त्यसैले हो, कुनै नेपाली मेडिकल डाक्टर बन्ने हो भन्ने आफ्ना महँगा तर निम्न स्तरका मेिडकल स्कूलनै छान्न बाध्य होस भन्ने हेतुले सुरेश राज शर्मा र यीनका माफिया मतियारहरुले नेपाल मेडिकल काउन्सिल तथा अन्य निकायलाई प्रभावमा पार्दै केही नेपालीहरुलाई मर्कामा पारेका थिए। 

वर्षौँ आफूसँगै काम गर्ने शिक्षाविदहरुलाई गुन्डा लगाउँदै पिटाउन सक्ने, आफ्नै कर्मचारीलाई जातीय हेयवचन प्रयोग गर्दै मार्न सक्ने, आफ्नै कर्मचारीका जीवनसँगिनीका सँबन्धमा भ्रामकरुपमा यौनसँबन्धी दुष्प्रचार गर्न सक्ने सुरेश राजले फाईदा लिनकै लागी अन्य नेपालीहरुलाई पनि हमला गर्न सक्दछ भन्ने कुराको ठूलो प्रमाणको रुपमा चीनमा अध्ययनरत नेपाली विध्यार्थीहरुमाथी गरेका यीनले गरेका अवान्छित हमला हामीले लिनु पर्दछ। 

तर, अहिले लाग्दछ सुरेश राजका प्रत्येक चालहरु उनीतर्फ नै बुमर्याङ्ग हुँदैछ। खोक्रो प्रचारमा मग्न सुरेश राजका मेडिकल स्कूलहरुका वास्तविक क्वालिटी अहिले विश्वभर छताछुल्ल हुँदैछ। लागुऔषध दुर्व्यशनका घटनाले गाँजेका सुरेश राज शर्माका मेडिकल स्कूलहरुमा वास्तवमै बेकामे विध्यार्थीहरुको जमात बढदै छ। सेवाभावनाले अोतप्रोत भएर सच्चा चिकित्सककर्मी बन्ने ध्येय बोकेकाहरु भन्दा बाबु-आमाका सम्पतीका आडमा मस्ती गर्दै मेडिकल पढनेहरुका लागी सुरेश राजका मेडिकल सँस्थाहरु स्वर्गसरी बनेका छन। चिकित्सा शास्त्रका राम्रा विध्यार्थीहरु पनि यस्ता वातावरणमा बिग्रन्छन र आफ्नो अध्ययनबाट विमूख हुन्छन भन्ने कुरा काठमाडौँ विश्वविध्यालयमा समय-समयमा देखिसकेका छन। यीनै कुराहरु अहिले एककान-दुईकान हुँदै भारतसम्म पुगेको छ र भारतका सचेत जमातले नेपालमा (मूलत: काठमाडौँ विश्वविध्यालयमा दीक्षित) विध्यार्थीहरुलाई चिकित्सकीय अभ्यास अगाडी कडा परीक्षा लिनु पर्ने कुरामा जोड दिएका हुन। फलस्वरुप, रेशिप्रोकल बेसिसमा मान्यता पाउन सक्ने काठमाडौँ विश्वविध्यालयका विध्यार्थीहरु माथि पनि भारतको सर्वोच्च अदालतले परीक्षाको प्रावधानलाई सदर गरेको छ। 

एसोशिएसन ईन्डियन युनिवर्सिटिजका सदस्य हौँ भन्ने ध्वाँस सुरेश राज शर्माले पटक-पटक जमाएका छन। आफ्ना पहुँचहरुलाई यिनी जहिले पनि प्रयोग गर्न तम्सन्छन। अब हेर्नु छ; के सुरेश राजले नेपालमा जसरी भारतमा पनि र त्यसमा पनि भारतको सर्वोच्चमा पनि आफ्नो पहुँच लगाउन सक्लान त? 

No comments: