फरक अनुहार, एउटै व्यवहार
केयुआन्दोलनमा यस ब्लगको भूमिकालाई लिएर एकथरीले नामै दिएका थिए- साईबर दल । हाम्रा भूमिका मन पराउनेले पनि यसो भन्थे । मन नपराउनेले त भन्ने नै भए । सुरेश राज र उनका नातावादीहरुका निम्ति त यो ब्लग माओवादी 'आतंककारी' भन्दा ठूला आतंककारी बनेको छ अहिले । यी भनाइ सुन्दा प्राज्ञिक मर्यादा र साँगठानिक अधिकारका निम्ति गरेको संघर्ष ठीकै ठाउँमा परेको अनुभव यस ब्लगसँग सँबद्ध सबैलाई लाग्नु स्वाभाविक हो ।
सुरुमा केयुका प्राध्यापकहरु र कर्मचारीहरु र साईबर दल अर्थात् यस ब्लगले प्राज्ञिक स्वतन्त्रता र साँगठानिक अधिकारका निम्ति संघर्ष गरिरहेका थिए । आन्दोलनरत पक्षसँग सुरेश राजको समझदारी भएपछि फेरि केही समय हामीले सुरेश राजको सत्यता परिक्षण पनि गरेका थियौँ । तर, प्राज्ञिक स्वतन्त्रता र साँगठानिक अधिकार दिँदा आफ्नो तानाशाही खत्तम भएको सोच्ने सुरेश राजले भने भित्र-भित्रै आगोमा घ्यु थप्ने काम गर्न पुगेका रहेछन । पछिल्लो आन्दोलनमा, सम्पूर्ण पक्ष आन्दोलित भएपछि सुरेश राज झन-झन निरँकुश तवरले निष्काशन गर्ने, धम्की दिने र आत्महत्या गर्न बाध्य बनाउने दमनकारी बाटोमा लागेका छन । शाही निरंकुशताका सपनाहरू जनविद्रोहबाट परास्त भए तर शाही मन्डले सुरेश राज भने अहिले काठमाडौँ विश्वविध्यालयमा झन शक्तीशाली तानाशाह हुन पुगेका छन ।
फलस्वरुप सुरेश राजको शाही मन्डले सत्ताका वर्तमान दिनहरु केयुका शिक्षक/कर्मचारीहरुकाका निम्ति झन कसिलो ऐठन साबित हुन गएको छ । सुरेश राज सिंगो केयुलाई झुठ्ठा र आफुलाई सच्चामा परिणत गर्ने अभियानमा लागेका छन । पहिलो आन्दोलनको सफलता पछिका केही समय हाम्रा लागी खुसीको समय भन्दा पनि सुरेश राजको चक्रव्युहलाई भेदन नसक्ने अप्ठेरो समयको रुपमा अब हामीले लिनु पर्छ । हो, शुरुआती दिनमा यो ब्लग पनि सुरेश राजको असफलताले केही खुशी थियो। किनभने स्वतन्त्रता हाम्रा निम्ति प्राणवायु हो । त्यो प्राप्त भएको क्षण हाम्रा निम्ति सबैभन्दा सुखद थियो । तर, जनआन्दोलनले स्थापित गरेका दलले सत्ता सञ्चालन गरेपछि पनि सुरेश राजका छलकपट र दगाबाजीले हाम्रा खुशिका क्षणमा तुषारो पर्न गएको छ । सुरेश राज अहिले एकातिर आफ्ना प्यादाहरुलाई नै आन्दोलनका हर्ताकर्ताका रुपमा उभ्याउन सफल भएका छन भने अर्कोतिर सुरेश राजका मितयारहरुका बारेका यहाँ प्रकट भावनाहरुलाई लिएर भ्रम फैलाउन पनि लागेका छन।
स्वतन्त्रता र अधिकारमा विश्वास राख्नेहरुले बुझ्नु पर्छ लोकतान्त्रिक प्रणालीमा यो ब्लग सधैं स्थायी मित्रका रूपमा त्यसका विकृति सच्याउन तत्पर हुन्छ । आफूलाई सुधार गर्न यस ब्लगका रचनात्मक आलोचना सुन्न सक्ने भएकै कारण लोकतान्त्रिक प्रकृया जनप्रिय हुन्छ । केयु आन्दोलनपछि पनि सुरेश राजका विरुद्ध यो ब्लग अझै मुखरित छ र यो हाम्रो प्रतिबद्धताकै फलस्वरुप हो । सुरेश राजका विरुद्ध केही बोल्न नसक्नेहरुका मुखमा शब्द र केही सोच्न नसक्नेहरुका मष्तिकष्कमा विचारको सँचार अरु कसैले होईन, यसै ब्लगले मात्र गरेको हो । आन्दोलनमा हाम्रो सहभागितालाई नकार्नेहरु या त अभिव्यक्तिका माध्यमहरु के-के हुन सक्छन, त्यसका सँबन्धमा भ्रममा छन या त केही प्राज्ञिक पद र फाईदाका लागी सुरेश राजहरुकै चम्चामा रुपान्तरण भईसकेको हुनु पर्छ । होइन यस ब्लगलाई पनि आफुले सोचेकै जस्तो सोच्न, आफुले बोलेकै जस्तो बोल्न र आफुले गरेकै जस्तो गर्न चाहोस भन्ने चाहना कसैले राख्छन भने, उनीहरुले स्पष्ट बुझ्नुपर्छ हामीहरु स्वतन्त्रताका मामिलामा अत्यन्त प्रतिबद्ध छौँ र कुनै हालतमा पनि आफ्ना स्वतन्त्रतालाई निस्तेज हुन दिनेवाला छैनौँ । आफुलाई स्वतन्त्रताका पक्षपाति भन्ने तर अभिव्यक्ति स्वतन्त्रताको अर्को रुप यस ब्लगले चाँही आफ्नो चाटुकारीता गरोस भन्ने चाहना राख्छन भने हामीले मान्नु पर्छ सुरेश राजको स्थानमा नयाँ अनुहार छ तर ब्यवहार भने एउटै छ ।

No comments:
Post a Comment