Thursday, March 08, 2007

दमनले घटाएको उचाइ

गत केही महिनाहरूमा का.वि.मा सुरेश राजले प्रदर्शन गरेको गुन्डागर्दी, धाक-धम्की र त्यसको परिंणामस्वरुप सिर्जित बुद्धि वहादुरको असामयिक निधनका कारण काठमाडौँ विश्विध्यालयले विश्वसनीयता गुमाउने क्रम अघि बढडो छ । आफ्ना नातावादी, भ्रष्टाचारी सँयन्त्र र सन्जालको सुरक्षाका नाममा सुरेश राजले गरेको दमनको सार्वजनिक प्रदर्शनलाई कसैले पनि रुचाएको देखिएको छैन । यसले नेपालमा सार्वजनिक सँस्थामा व्यवस्थापन चलाउने हर्ता-कर्ताहरुले सफलताका नाममा जे पनि गरे हुन्छ भन्ने दण्डहिनता अहिले नेपालको प्राज्ञिक क्षेत्रमा देखिएको छ । अन्तरिम कालमा अन्तरिम विधायिका-साँसदहरु पनि केही नबोलिकन चुप लाग्नुले यिनिहरु पनि सुरेशराजका नोटका बिट्टाका हतियार बनेका त होईनन भन्ने सँशय अहिले उब्जिएको छ। सुरेश राज र उनका गुटलाई शिक्षामन्त्री मँगलसिद्धि मानन्धरले ततत्कालै पदमुक्त गर्नुका साथै उनिहरुका कु-कृत्य, बुद्धी वहादुर विश्वकर्मालाई दिइएको धम्की र केयुमा चुलिएको भ्रष्टाचारको छानबिनका लागी न्यायिक समिति गठनका लागी गर्नु पनि अति सान्दर्भिक हुने थियो

सरकार र आठ दलका राजनैतिक व्यस्तता र सँविधान सभाको चुनावी व्यस्ताका कारण अहिले सुरेश राज निश्चिन्त भएका छन। फलस्वरुप सुरेश राज अहिले आफ्ना मन्डले दल, नातावादी दल, गुन्डा दल, अख्तियारमा धाईरहेका भ्रष्टाचारी भ्राता दल र अन्य माफियाका हतियारका प्रयोग गर्दै कर्मचारीका हक-अधिकारकालागी उठेका आवाजलाई दबाउन लाग्ने थिएनन । शालीनतापूर्वक उठेका आन्दोलनको सुरेश राजले जहिले पनि क्रुर प्रतिकार गर्दै अत्यन्त अमर्यादित तवरले केयुको उपकुलपतित्व नमरुन्जेल आफैंसँग राख्ने जमर्को पनि गर्दैछ । शिक्षक-कर्मचारी समेतका सर्वपक्षीय बैठकमा समेत टन्न अघाएका व्वाँसा र बंगुर जसरी आपत्तिजनक कुराहरु पनि यीनले नगरेका होईनन।

सुरेश राजले आफ्ना अपराधहरु कबुल गर्नु त छँदैछ केयुका शिक्षक/कर्मचारी र बुद्धि वहादुर विश्वकर्माकी निरिह, अवला श्रीमति सँग पनि माफी माग्नु पर्दछ । उनले भावावेशमा आएर कतिपय चाटुकारहरुलाई जे गर्छौ गर तर आन्दोलन चाँहि बन्द गर भ्न्ने आदेश दिएको पनि नस्विकारी धरै छैन। निश्चय नै पन्ध्र वर्षको 'उपकुलपतित्व ' चलाउँदै आएका सुरेश राज र यीनका चाटुकारहरु अहिले आएर शैक्षिक शिष्टता र व्यवहारमा झन-झन फितलो हुँदै गएका छन । आफ्ना लालसा, कमजोरी र लोभी पक्षलाई सुधार गर्दै जानुपर्ने ठाँउमा झन-झन क्रुर र निर्दयी बन्नुले सुरेश राजको मानसिक हालतकै सँबन्धमा समेत प्रश्न चिन्ह उठेको छ अहिले । सुरेश राजका यीनै मानसिकताले के निश्चित छ भने यीनिबाट मान्छेलाई झुन्डीन बाध्य बनाउने क्रुर व्यवहार फेरी दोहोरिन सक्छ।

यसैकारण हो हामी सबैलाई सुरेशराजको उपकुलपतित्वले क्षण-क्षणमा बिझाइरहेको छ । सुरेश राजका यी पशुवत व्यवहार त छँदैछ, उनका चाटुकार दलाल र पालतु जन्तु पुष्पराज र चेपागाँडा भद्रमानहरुले पनि आफूलाई केयुभन्दा ठुलो ठान्नु उचित हुन्न । यि दलाल र चाटुकारहरुका व्यवहारका कारण जर्ज अर्वेलको 'एनिमल फार्मका' सुँगुर पात्रले ठानेजस्तो 'सबै पशुहरू बराबर हुन् तर केही अरूभन्दा बढ्ता समान हुन्' भन्ने स्थितिसँग तुलना गर्ने परिस्थिति अहिले केयुमा सिर्जना भएको भान हुन्छ ।

केयुको आन्दोलनलाई सहजिकरण गर्नु पर्ने र आन्दोलनका मुद्दालाई प्राज्ञिक मुद्दाका रूपमा ग्रहण गर्न अहिले दुनियाभरमा धेरै ठूलो जनमत बनेको देखिन्छ । यसैको बलमा हामीले पनि सकृय रुपमा ब्लग लेख्दै आएका छौँ । केयुलाई प्राज्ञिक मूलधारमा सुरेश राज र यीनका नातावादी भ्रष्ट गुट जरैदेखि उखेलिएको हेर्ने चाहना सबैमा छ र सुरेश राजले दमन गर्दै केयुमा उपकुलपतित्व चलाएको हेर्ने चाहना कसैमा छैन । त्यसकारण हामीले सुरेश राजलाई अन्तिम धक्का दिनैपर्छ ।

यस ब्लगले हिजो सुरेश राजका भ्रष्टाचारी भाईहरुले केयु परिसरमै आक्रमण गर्दा पनि त्यतिकै विरोध जनाएका हो । सुरेश राजको उपकुलपतित्वमा उनका भाईहरुका र नातेदाहरुका बोलवालाका वावजुद पनि हामी कहिले झुकेनौँ । बरु यस्ता पक्षले हामीलाई आक्रोशित तुल्यायो । त्यसैले सुरेशराज प्रति हामीमा कुनै मोह छैन । अरू मित्रहरुले पनि यसलाई आत्मसात गर्दै सुरेश राजलाई केयुबाट धपाउन सफल भएमा मात्र केयुलाई थप उचाइ प्राप्त हुनेछ । सुरेशराजको निरन्तरताबाट केयुले आफ्नो साख गुमाउने, लोकप्रियता गुमाउने र उचाई घटाउने निश्चित छ। सुरेश राज आफैले यो विश्वविध्यालय उन्नत प्राज्ञिकताका लागि मात्र तयार गर्नमा लागेका हुन भने आफ्नै कृयाकलापलाई सर्वेक्षण गरेर उपकुलपतित्व त्यागे राम्रो हुन्छ ।

No comments: