Friday, March 09, 2007

रुद्र वहादुर के.सी. र हत्यारा सुरेश राज



बेनीमा कार्यवाहीमा परेका रुद्र वहादुर र केयुका हत्यारा सुरेश राजको के तुलना हुन सक्ला त? राजवादीहरुका कुरा आउँदा, माई सँसारका उमेश श्रेष्ठले एकचोटी काठमाडौँ विश्वविध्यालयमा पनि हेर्नु भए राम्रो हुन्छ । उहाँको मन पर्ने ठाँउ बेनीमा रुद्र वहादुर भन्ने छुद्रले मन्दिर निर्माणमा भ्रष्टाचार गरेका रहेछन। धेरै दिनदेखि उम्केका यी छुटभैये मन्दिरमारा तर भूतपूर्व सम्माननियलाई वेनीका जनताले हिसाव-किताव एकै किस्तामा दिने कोशीस गरेका रहेछन। राजावादीहरु मन्दिरमै किन पल्कन्छन-कहिलेकाँहि म चित खान्छु। राजतन्त्र सँग जोडीएका हरेक चिज र प्रत्येक व्यक्ती की मूर्तीको व्यापारसँग सँबन्धित हुन्छ कि मूर्ती पुज्ने मन्दिरकै निर्माणका भ्रष्टाचारमा। अब केयुलाई नै हेर्ने हो र शिक्षण सँस्थाहरुसँग जोडिएका धार्मिक विश्वासलाई हेर्ने हो भने यो विध्याको मन्दिर हो, सरस्वतिका साधना स्थल हो । र यहाँ पनि भ्रष्ट आचरण र व्यवहार गर्ने राजावादी हत्यारा सुरेश राजनै छन। उमेशजीका व्लगहरु सँग म धेरै कुरामा सहमत छु, तर "राजावादीहरुलाई अहिले वसिसक्नु छैन" भन्ने उहाँको भनाईसँग म सहमत छैन। पजेरो चढने रुद्र वहादुर र प्राडो चढने सुरेश राजमा धेरै समानता हामी देख्न सक्छौँ।

१) चढने वहान, लगभग त्यस्तै छ ।

२) राजनैतिक आस्था-दुबै खाँटी मन्डले। रुद्र वहादुर आफै राजसभामा जान्छन, सुरेश राजचाही वेलप्रसादलाई पठाउँछन।

३) भ्रष्टाचार- रुद्र वहादुर: मूर्ती र मन्दीर , सुरेशराज:शिक्षा र केयु भवन तथा अन्य


यदि रुद्र वहादुरले मन्दिरमा भ्रष्टाचार मात्रै गरेको छ भने सुरेश राजका अपराधहरु झन डरलाग्दा छन ।

१) सुरेश राजले नेपालीका विश्वासलाई जलाईदिएका छन।

२) सुरेश राजले शिक्षाको ब्यापारीकरण गरेका छन।

३) सुरेश राजले मर्यादा र तर्कको ठाँउमा गुन्डागर्दी गरेका छन।

४) सुरेश राजले गुन्डागर्दिमा पनि नातावाद लागु गरेका छन।

५) सुरेश राजले सम्मानित नागरिक समाजका व्यक्तिहरुलाई गाली गरेका छन।

६) सुरेश राजले नेपालीका छोराहरुका पेटमा लात मारेका छन।

७) सुरेश राजले नेपालीका छोरालाई झुन्ड्याईदिएका छन।


पजेरो वाहनधारी रुद्र वहादुरले के-कति अपराध गरेका थिए, त्यो हामीले उमेश श्रेष्ठको माई सँसारमा थाहा पाए जति नै होला । तर, सुरेश राजका अपराध हामीलाई धेरै पहिले देखि थाहा छ कि र यो झन-झन भयानक रुप लिँदैछ र ज्यानमारा बन्दैछ। पजेरोवाहक रुद्रवहादुरले शक्तीवानहरुका भक्तीका आडमा राजसभाका सदस्य पो पडकाएका रहेछन। यस्तै अवस्था छ सुरेश राजको पनि । यिनका अपराध अहिले छरपस्ट छन, तर यीनका भक्ती र रुवाईरुपी तपले प्रभावित आठ दलले भने केयुमा यिनका रजाईका लागी स्विकृति दिएका छन । काँग्रेस र कम्युनिष्टका भागवन्डामा फसेका आठदलले का.वि.मा भने मन्डलेलाई मजाले भिसी चलाउन दिएका छन।


रुद्र वहादुर माथि यस्तो कालो मोसो दल्नु मानविय कदम हुँदै होईन। हामी त्यसका विरोध गर्छौँ। यस्तै सुरेशराज लाई पनि कालोमोसो दल्ने कुनै कदमको हामी भत्सर्ना, विरोध र निन्दा गर्छौँ। तर, यो पनि वास्तविकता हो कि जनता भडकिएका बेलामा जे पनि हुन सक्छ। रुद्र वहादुरका विरुद्ध जनता सल्किए किनभने उनका अपराध छरपस्ट हुँदा-हुँदै पनि शक्ती र सत्ताले जहिले पनि उनलाई साथ दियो । यस्तै यतिका धेरै अपराधका वावजुद पनि अहिले मन्डलेहरुकै राज छ काठमाडौँ विश्वविध्यालयमा। तर, के सुरेश राज कहिले बच्ला र? कुनै न कुनै दिन यी मन्डलेले पनि आफ्नो हविगत देख्नेछ। हामी त कसैलाई यस्ता कर्म नगरुन भन्छौँ। तर, अन्याय सहँदा-सहँदा थाकेका जनताले दरबार त तोडछन भने यिनि के हुन? हेर्दै जाऔँ के के हुने हो।


रुद्र वहादुरका फोटो: मेरो सँसार

No comments: