Monday, March 19, 2007

जम्काभेटमा सुरेश राज

कथा बडो उच्चाटलाग्दो छ । सुरेश राज अनिदो राता आँखा मिच्दै बिहान सबेरै उठ्छन् । उनी आफ्नो खाट नजिकको झ्यालबाट तल चोकमा हेर्छन् । तर, जे देखिनु पर्ने त्यहाँ उनले देख्दैनन । धुलिखेलको त्यो शान्त वातावरण त्यहाँ छैन न त्यहाँ चिरबिर-चिरबिर गर्दै उफ्रने चराहरु छन। उनी देख्छन उनका अगाडी ठूलो पुस्तकालय पो रहेछ । र त्यहाँ उनी पुस्तक देख्छन, अभिलेख देख्छन्, पत्रिका देख्छन् । अनि उनलाई धुलिखेलको घर वरिपरिको झल्झली सम्झना आउँछ ।

सोच्छन्, "ऊ बेला केयुको यामाजी भवन बनाउँदा ठेकेदारको कृपाले बनाएको मेरो घर खोई ?" आफु उभिएको ठाउँमा हेर्छन, तर उनले केयुका फर्निचर ठेकेदारले बिछ्याएको पार्केटीँग त्यहाँ देख्दैनन। "होईन, म कहाँ छु?" मनमनै गम्छन सुरेश राज । सुरेश राज आफ्नो परिवेश बदलिएकोमा चिन्तित हुन थाल्छन ।

"हिजोमात्र यही घरमा सुतेको त हो नी के दैवदशाले गर्दा अहिले यस्तो भयो हँ," गम्न थाल्छन सुरेश राज । "मुकुन्द!-ए मुकुन्द!" चिच्याउन थाल्छ सुरेश राज । तर, मुकुन्द कतै देखा पर्दैन । बरु सुरेश राजले कहिले नदेखेका अनुहार अगाडी आउँछ । कपाल दुरुस्त सुरेश राजको जस्तै -चिटिक्क मिलेको सिल्भर हेयर । उचाई होचो होचो रँग चाँहि गहुँगोरो । तर सुरेश राजले यीनलाई ठम्याउन सक्दैनन । कहिले नदेखेका अनुहार अगाडी आउँदा, मष्तिष्कले आफ्नै तवरले सूचना सँकलन गर्ने गर्छ । सुरेश राजको चालु मष्तिष्क पनि अहिले अनुहारलाई जान्ने कोशीसमा छन।

"नेपाली भनुँ भने यिनि न आर्यन मुलका हुन?" सुरेश राज विस्मित हुन्छन। आँखा मिच्न थाल्छन सुरेश राज र फेरी हेर्छन "ए, ल अब त मान्छे दुरुस्त चिनियाँ जस्तो देखिसकेछ ।" होश गुमेको भान हुन्छ सुरेश राजलाई। विश्वास लाग्दैन सुरेश राजलाई आफ्नै आँखामा र फेरी आँखा मिच्छन । अहिले यो मान्छे ईन्फोसिसका गुरुबाका रुपधारी दक्षिण भारतिय जस्तै देखिन थालेका छन । के हो कस्तो बहुरुपिया दुनियाँ? सुरेश राज फेरी आँखा मिच्छन अब त यिनि बहुलाउन थाल्छन । सुरेश राज आँखा मिच्दै जान्छन अगाडीको मान्छे रुप फेर्दै जान्छन। सुरेश राजको ओठ-तालु सुक्न थाल्छन र न्वारन देखिको बल निकालेर कराउन्छ "ए! तँ को होस?"

सुरेस राज कराउनु स्वाभाविक थियो, किनभने सुरेश राजले पनि सानैमा "यमलोकको यात्रा" नामका कथाहरु पढिसकेका थिए । हत्यारा, बलात्कारी, पापिष्ट, भ्रष्टाचारी, लुटेराहरु आफ्नो पापको कमाईको भौतिक सुख भोग्नु अगावै भौतिक ईहलीला सपनामै त्यागेको कुराले सुरेश राजको मनमा जरो गाडेको छ। आफुले बनाएको केयुको लखनौ लुट नगरुन्जेल र भौतिक सुविधा तृप्त हुनेगरि नभोगुन्जेल सुरेश राज मर्न चाहन्नथे। त्यसैले सुरेश राजलाई अहिले आफु मरिसकेको त होईन भन्ने शँका लाग्न थालेको छ । झन "माल्दाईको नर्क लोकको यात्रा" जस्ता ब्लगहरु पढेपछी त सुरेश राजलाई पनि आफ्नो हालत राजा ज्ञानेन्द्रकै जस्तो हुने त होईन भन्ने पनि यदाकदा लाग्न थालेको थियो । यो जूनीमा पाप कर्म गर्नेले नर्कमा पर्छ भन्ने विश्वास बोकेका सुरेश राज आफ से आफ सोध्छन ",के म नर्कमा त पुगिन?"

क्रमश:

No comments: