जम्काभेटमा सुरेश राज (अन्तिम भाग)
अपरिचित अनुहार बिस्तारै बोल्छन,
"धन्दा नम्मानुस उपकुलपतिज्यु, तपाँईलाई केही भएको छैन"
बोलीको मिठास सुरेश राजको कानमा पुग्छ र तुरुन्त दिमागमा । मिठासले उत्तेजित मनलाई अलिक शान्त पार्छ। र सुरेश राजको बेचैनी अहिले घटदो छ।
"हो तपाईले अपराध गर्नु भएको छ, तर पनि तपाईलाई अहिले केही भएको छैन"
अपरिचित अनुहार भन्न थाल्छ, तर, आफ्नै कुरा मात्र सुनाउने बानी परेका सुरेश राजले बिचमै टोक्छ ,
"अनि म कहाँ नी, तपाई को नि?"
अपरिचित अनुहार अनधिकृत हस्तक्षेपले झन गम्भिर मुद्रामा सोध्छन,
"के तपाईले मलाई साँच्चि नचिन्नु भएको हो त?"
" खै सबैले मलाई भेटेका हुन्छन तर सबैलाइ मैले कसरी सम्झनु नी"अब सुरेश राजलाई खपि नसक्नु हुन्छ,
"भन्नुस आफै को हो तपाई?"
"म प्राज्ञिकता हुँ" मधुर तर गम्भिर स्वरमा अपरिचित बोल्छ ।
"कस्तो नाम?" सुरेश राजलाई दिक्क लाग्छ नाम सुनेर,"नाम राखे प्राज्ञ राख्नु, के यो नाम,विशैषण, कृयापद नछुट्टिने नाम राख्या हो"
"यस्तो पनि मान्छेको नाम हुन्छ?"सुरेश राज पुलकित हुन्छ, "मेरो नाम जस्तो नाम राख्नु पर्छ"
अरुको कुरै सुन्न नचाहने घमन्डी रुपको पुन:प्रदर्शनले अपरिचित झन गम्भिर हुन्छन र एकोहोरो सुरेश राजलाई हेरिरहन्छन। तर, रत्नपार्कका चटकेको बोल्ने शैली चोरेका सुरेश राज आफ्नो चिरपरिचित शैलीमा भन्छन,
"सुरेश को अर्थ हो राजा"
तर, राजा शब्द आउने बितिक्कै सुरेश राज झस्कन्छन। कहिँ मेरै नामले गर्दा त मेरो कर्म पनि राजा ज्ञानेन्द्रको जस्तो हुन गएको त होईन। सुरेश राज आफै लजाउन थाल्छन र मन्द मुस्कानले हेर्छन। अपरिचित सुरेश राजको रत्नपार्के शैली देखेर झन-झन निराश हुन्छन।
"म तपाईको केयुको प्राज्ञिकता हुँ" अपरिचित भन्छन
"मलाई मुक्ति चाहियो"
"केयुमा तपाई?" सुरेश राज चिच्याउन थाल्छन अब,
"कुन बिभाग? कम्प्युटर, मेकानिकल, म्याथ, फिजिक्स, केमेष्ट्रि की बायोटेक?"
"म जहाँ पनि छु"
अपरिचित विश्वासका साथ भन्छन ।
"जहाँ पनि छु रे, अनि मैले किन नदेखेको नि तपाँईलाई?"
सुरेश राज अब शँकालु हुन थाल्छन ।
"तपाँईले देखोस भनेर म जहिले पनि तपाईका शिक्षकहरुका साथ आउँथे?"
अपरिचित अनुहार विस्तार लगाउँछन,
"तपाँई विभागमा आउँदा खेरी, जहिले पनि स्बागत गर्ने मास्टरहरुका साथमा म पनि हुन्थेँ"
"तर तपाईसँग म आफैले नभेटेको चाँहि आठ महिना मात्र भएको छ"
"तपाँईले जलनजीलाई बोलाउनु भएपछि त म थलै परेको थिएँ"
"तर के गर्नु अलिक तँग्रिन लागेको थिएँ,तर तपाईले मेरै मुक्तीका लागी लडिरहेका बुद्धिजीलाई सिध्याउनु भयो"
"होईन के अमूर्त कुरा गरेको भन्या?"
अपरिचितको ठाडो आरोपले सुरेश राज तर्सन्छन,
"कुरा सीधा गर्नुस, को हो तपाँई?"
"हो म आत्मा हुँ, मेरो थलथलो परेको शरिरको उपल्लो भागमा डोरी कस्ने तपाँई र भोलाजी हुनुहुन्छ"
"म प्राज्ञिकता अहिले केयुमा मरिसकेको छु, तर मलाई ब्युँताउने सँजिवनी चाँहि नभएको होईन"
सुरेश राजलाई खलखली पसिना आउँछ, भुतसँग पो कुरा गरिरहेको रहेछु भन्ने भान सुरेश राजलाई पर्छ र सुरेश राज केही बोल्न खोज्छ, तर बोल्न सक्दैन। माथि सिलिँगमा हेर्छन, पुरा सिलिँग फनफनी घुमिरहेको छ। सुरेश राज डँगरँग लडछन । हात-खुट्टा फाल्न थाल्छन ।
"होईन, हजुर कहाँ हात लाईस्या भन्या?" सुरेश राजकी धर्मपत्नी अप्ठेरो मान्छिन,
"म अब त बुढी भईसकेँ, अब म कहाँ हिजोको हजुरको छात्रा पो हुँ र?"
सुरेश राजको मष्तिष्कमा अब आफुले आफुसँग पढेका विध्यार्थिलाई धर्मपत्नीमा परिणत गर्दाखेरीका चित्रहरु आउन थाल्छ ।
दुबैतिर भूतहरु छन, के गर्ने, सुरेश राज बढो असँमजस हुन्छन र उठने कोशीस गर्छन ।
"होईन! हजुर, कति सुकुला होईबक्स्या भन्या?" सुरेश राजकी पहिलेकी छात्रा अहिलेकी श्रीमति च्याँठीन थाल्छिन,
"उता, धुलिखेलको रिसोर्ट बेच्ने साहु र भोला थापाजी हजुरसँग गोप्य कुरा छ भन्दै बैठकमा बसेको १ घन्टा भईसक्यो, अब उठनुस हजुर!"
No comments:
Post a Comment