बुद्धीको बलिदान र सुरेश राजको जेल प्रस्थान
बुद्धि वहादुरले न सुरेशराजका कर्कलाबारी फाँडेका थिए न उनका तरुणी षोडसी छोरीहरु माथि आँखा लगाएका थिए । उसो त आफ्नै विध्यार्थीसँग अनुचित सँबन्ध राख्दै विवाह गर्ने र वथानका वथान चल्ला कोरल्ने काम सुरेश राज वाहेक अरु कसले नै गर्न सक्ला पो? बुद्धी वहादुरका हकमा भन्ने हो भने यिनले कसैको भाग खोसेर खाएका पनि थिएनन् । वुद्धिजी जस्ता सोझा प्राणिले नत कसैका प्रियजनका ज्यानमाथि दागा धरेका नै थिए । तैपनि तानाशाहीको दम्भमा र नातावादी सँयन्त्रको अहँकारको कवच भिरेर बुद्धि वहादुरलाई सुरेश राजले सिध्याई छाड्यो । सीध्याउने सुरेशराजले मान्छे चिनेरै त्यसो गरेको हो । बुद्धि वहादुर कुसामा सँलग्न भएका थिए किनभने उनी का.वि. कुनै पाखण्डी उपकूलपति,दलाल शैक्षिक माफिया वा नरपीडक ठगको बिर्ता होइन भन्ने ठान्दथे । यो मधेस, पहाड र हिमालका सबै नेपालीको साझा थलो हो भन्ने महान सोच उहाँले बोक्नु भएको थियो । का.वि.मा कर्मचारीहरुका मानवअधिकार र साँगठानिक अधिकारको क्षितिज उघारेर इन्साफको थिति बसाउनुपर्छ भन्ने उनको महान सोच थियो । बस्, यिनले पैरवी गरेको यत्ति नै हो । उनलाई अपमानित गर्ने, हतोत्साहीत गर्ने र आत्मघाती कदम उठाउन बाध्य गर्ने सुरेश राजहरु र भोला थापाहरुलाई यो कुरा राम्ररी थाहा थियो । भन्न पनि लाज लाग्छ, प्राज्ञिकताको आन्दोलन चल्दै गर्दा गुन्डागर्दीको शृँखलाका पश्चात यो घटना घटीसके पछि पनि सुरेश राज अझै मधेशी, दलित र जनजातीका सन्तानहरुलाई प्रताडीत गर्दै छन। सुरेश राजका यि ज्यानमारा कदमका कारण अहिले केयुमा प्राज्ञिकता भन्ने कुरा दिउसै दियो बालेर खोज्नु पर्ने अवस्था छ । तर सकल लोकका नजरमा भने सुरेश राज र भोला थापाको अपराधी अनुहार छर्लङ्गै छ । भन्ने र रुवाबासी गर्नेहरुले चिच्याई-चिच्याई हत्याराहरुलाई गिरफ्तार गर्न माग गरिरहेका छन। तर, अवला विधवाको चित्कार नसुनेझैँ गर्ने शिक्षामन्त्री देखि लिएर भागबन्डामा अल्झेका सबै राजनितिक पार्टीका दलालहरु अहिले लाज नमानीकन मन्टो बटार्दै छन।
निसन्देह, सामन्ती चिन्तनमा गर्नेभन्दा गराउने ठूलो मानिन्छ । यो घटना गराउनेमा सुरेश राज र भोला थापा मात्र छैनन । यिनिहरुलाई आफ्ना नैतिक समर्थन दिँदै हिँडने पालतु जन्तु पुष्पराज र चेपागाँडा भद्रमान पनि त्यतिकै दोषी छन । लख काटे धेरै कुरा बुझिन्छ । सुरेशराजको दलालीमा बाँच्ने यी जन्तुहरु अहिले सुरेशराजलाई कारबाही गर्नु जरुरी छैन भन्दै हिँडेका छन । दुइ महिना बित्नु के थियो, एउटा दलितको जीवनलाई नष्ट गर्ने नरपिचास सुरेश राजलाई जेलमा कोच्नु पर्छ भन्ने कुरा केयुका धुरन्धर विद्वानहरुले सम्झन जरुरी थानेन । आफ्नै मात्र स्वार्थको रोटी सेक्ने यी छदम गुरुहरुले बुद्धी वहादुर वाँचेकै भए पनि केही पाउने थिएनन । बुद्धि वहादुले न यिनिहरुलाई रजिष्ट्रार बनाउँथे न त कन्ट्रोलर । बुद्धि वहादुरले न त यिनिहरुलाई डीन बनाउन सक्थे न त डाईरेक्टर । वनाउन सक्ने मान्छे सुरेश राज पो हो । अब, यत्रा ठुल-ठूला मान्छे वनाउन सक्ने र आफ्नो सीपको प्रयोग गर्दै का.वि.का लागी भौतिक सँरचनाका साथ-साथै आफ्नो पनि भौतिक सँरचना बलियो बनाउने सुरेश राजले एक दुईजना बुध्दी वहादुरलाई सिध्याउँदैमा नेपालमा बोल्ने धेरै कम छन । सुरेश राजका कृपाले पेट पाल्नेहरु धेरै छन र यिनै पालित जन्तुहरु भुक्न थाल्छन "यो सब राजनिति हो," "सुरेश राज सरलाई बदनाम गर्ने चाल हो," "केयुका विरोधीहरुले फैलाएको जाल हो" आदि-ईत्यादी।
१) एक दलित कर्मचारीले आफ्ना नैसर्गिक अधिकारको प्रयोग गर्दा ज्यानै गुमाउनु पर्ने प्रचलन के एउटा प्राज्ञिक थलोमा सुहाउने कुरा हो?
२) एउटा प्राज्ञिक थलोमा मान्छेको ज्यान गईसकेपछि के कसैले जिम्मेवारी लिनु पर्ने की नपर्ने?
३) मान्छेको जीवन नष्ट भईसकेको छ तर "जाने गईसक्यो, अब बाँच्नेलाई किन तनाव दिनै?" भन्ने कुरा प्राज्ञिकताका पुजारीहरुले भन्न सुहाँउछ?
४) के बुद्धि वहादुरमाथि आक्रमण गर्ने, दुर्वचन प्रयोग गर्ने, बदनाम गर्छु भन्ने धम्की दिनेहरु अपराधी हुन की होईनन?
५) शिक्षक-कर्मचारीका हक-अधिकार विकासका नाममा आफ्नो पैतालामा कुल्चन खोज्ने सुरेश राज अपराधी हो की होईन?
आफुलाई फाईदा दिलाउन सक्नेको मात्र तलुवा चाट्ने केयुका बुद्धिजिविहरुका लागी वुद्धिवहादुर एउटा नागरिक, एउटा कर्मठ कर्मचारी भन्दा पनि "सुरेश राजलाई अप्ठेरोमा पारेर झुन्डीने मान्छेमा" अहिले परिणत हुन गएको छ रे । आन्दोलनलाई दबाउन, कर्मचारीहरुलाई आफ्नो र आफ्नो खलकको गुलामी गराउन र प्राध्यापकहरुबाट आफ्नो प्रशँसा गराउन लागि परेका सुरेश राजका कुकृत्यहरु अझै मष्तिष्कमा ताजा छन । तर, यी केयुका विद्वानहरु भने चुँईक्क नबोलिकन बसेका छन । यस्ता स्वार्थी, दलालहरुले के सिकाउँछन? के पढाउँछन? अब हामीहरुले भनिरहनु पर्ला र? यिनिहरुले सिकाउने दलाली, धाक-धम्की, चरित्र-हत्या र साम्प्रदायिकरणका कुराहरु बाहेक अरु केही होईनन । सुरेश राजको नातावादी दलदलमा फसेकाहरु न अब कहिले यो दलदलबाट निस्कन सक्ने छन न त मालिक सुरेश राजका विरुद्ध केही बोल्न सक्नेछन । तर, सबै जना समान हुँदैनन । कोही न कोही त अवश्य निस्कने छन जसले सुरेश राजका कन्चट रात्तिने थप्पड यिनलाई दिनेछ, र जस्ले सुरेश राजका प्रत्येक कदमको उनकै भाषामा जवाफ दिनेछ।
यी कुराहरु गरेर यहा मैले केयुका ठुल-ठुला प्राध्यापकहरु र हाकिमहरुलाई होच्याउन, गिज्याउन वा यिनको धत्तुरो झार्न खोजेको होइन । मेरा दृष्टिमा यो सब गरिन यी बबुराहरु लायकै छैनन् । यी त केवल उदार दिलले दया गरिन मात्र लायक छन् । इहलोकका यी ठूला पीडित हुन्, सुरेशराजभक्तिको संस्कारजन्य मानवद्वेषी रोगबाट पीडित । आफ्ना कर्मको फल भोग्दै धुलिखेल जेलको सँघारमा पुगेका सुरेशराजलाई काँध थापेर जोगाउने यिनको व्यर्थको यत्न त्यही पीडाको रुन्चे अभिव्यक्ति हो । कछुवा गतिमै सही, का.वि.को मन्डलेतनत्रले अब विस्तारै काँचुली फेर्दै छ । केयुको यस यात्राको एकमात्र सपना सुरेशराजको तानाशाही मुठ्ठीमा जकडिएको प्राज्ञिकताको मुक्ति हो । र यो मुक्तिको तब सँभव छ जब हामी धुलिखेल जेलमा यिनका अपराध र मानसिक दशालाई ध्यानमा राखेर सुरेश राजलाई कोच्न सक्छौँ । सुरेश राजको जेलप्रस्थान नै बुद्धि वहादुरको बलिदानको सही कदर हुनेछ ।

No comments:
Post a Comment