Friday, March 23, 2007

अपराधि सुरेशराजलाई गिरफ्तार गर!


लोकतन्त्रको पुनर्वहाली पश्चात नयाँ नेपालमा नयाँ सँस्कृतिको थालनी हुनु पर्ने, भर्ष्टाचार, नातावाद, कृपावाद, चाकरीवाद, फरीयावाद लगायतका सबै सामन्ती अवशेषहरुको अन्त्य हुनुपर्ने सोचका अनुरुप काठमाडौँ विश्वविध्यालयमा आन्दोलन भएको हो । शुरुआति दिनमा त्रशीत अन्य मन्डलेझैँ सुरेश राजले पनि केही होस गुमाईसकेका थिए र यिनि शिक्षक-कर्मचारीहरुसँग वार्ताका लागी तयार भएको वक्तव्य पनि आफु नजिकका पत्रिकाहरुबाट नबकेका होईनन । तर, आक्रमण र वार्ता दुबैलाई प्रयोग गरेका सुरेश राजले, मौका पर्खेका मन्डलेले झैँ यिनले पनि प्रतिगमनका बिउहरु मास्ने का.वि.को आन्दोलनको जरैमा शुरुआत देखिनै प्रहार गर्दै आएका छन । यिनका लगातारको प्रहारले केयुको आन्दोलन निभ्नुको साटो झन-झन दन्किँदै छ । नेपालको राजनैतिक नेतृत्व अहिले दिविधामा छ। ठूलो सँक्रमणकालीन अवस्था पार गर्नु पर्ने बेला छ। हामी यी सब कुरा बुझ्छौँ। तर, किन सुरेश राजका अपराधहरु यीनिहरुले नदेखेका, त्यो चाहीँ हामीले बुझ्न सकेका छैनौँ। सँयमतापूर्वक शिक्षक-कर्मचारीहरुका कुरा सुन्न, आफ्ना नालायक नातेदारहरुलाई जागीर बाट हटाउन र का.वि.मा गरिएको भ्रष्टाचारको रकम का.वि.मै मेहनती-ईमान्दार छात्रा-छात्रहरुको शिक्षा-दिक्षाका लागी कोष खडा गरेर हस्तान्तरण गर्नु पर्ने जस्ता बाध्यात्मक कदम चाल्न सरकारले सुरेश राजलाई भन्नु पर्ने थियो । तर, सरकारको अकर्मन्यताका कारण, मान्छेका नाममा कलँक र कालो धब्बा यिनले आफ्नो नरपीडक सोच र नरपिचासी व्यवहारलाई कृयान्वयन गर्दै सरकारमा रहेको अन्यौलको फाईदा उठाउँदै झन-झन उल्टो कामको शृँखला पो गर्न पुगेका छन अहिले ।


शुरुआती दिनमा यिनका मन्डले परिचालन, अख्तियारका भ्रष्टाचारी परिचालन र धुलिखेलका गुन्डा परिचालनका घटनाहरुले नै केयुको प्राज्ञिकतालाई ब्रम्हनालमा सुताएको हो । धुलिखेल रिसोर्ट खरीद कान्ड, बस सँचालन कान्ड, मेडीकल ऐफीलिएसन कान्ड, भी-स्याट कान्ड त सुरेश राज गुटका आर्थिक अपराधका देखिने भागहरु मात्र हुन । यि देखिने टुप्पाका मूनिका भ्रष्टाचारका जरोलाई निर्क्योल गर्ने हो भने सुरेश राज र सीतारामले का.वि.बाट अहिले सम्म एक वार्षीक बजेट बराबर २५ करोड जतिका जोहो गरिसकेका छन । तर, हन्तकाले सुरेश राजलाई जति घिचे पनि नपुग्ने रहेछ र फलस्वरुप नमरुन्जेल खाने दाउमा यिनि बसेका छन । महाभ्रष्टाचारी र सँदिग्ध चरित्रका सन्तानका बाउ सीताराम अधिकारीसँगको मित्रतामा गरेको यीनको भ्रष्टाचारका लगानी अहिले कहाँ होला, त्यो हामी सबैका लागी चाखको विषय भएको छ । तर, का.वि.का सूत्रहरुका अनुसार अहिले यिनिहरुका लगानी विभिन्न व्यक्तिहरुका र आफ्ना दासहरुका नाममा जग्गा-जमिन, रिसोर्ट र ठुल-ठुला होटलमा भएको देखिन्छ। कसैले अचम्च मान्नु पर्दैन भोली का.वि.का कुनै शाखा अधिकृत कागजी रुपमा करोडपति निस्केमा । किनभने अन्नदाता मालिकको सम्पत्तिको रक्षा आफ्नो नाममा राख्दा हुन्छ भने त्यो किन नगर्ने भन्ने सोच भएका दासहरु का.वि.मा अहिले प्रसस्त छन।

सम्पत्ति लुकाउन अनुगृहित दास समूह भेट्टाए जस्तै राजनैतिक पार्टी र नेपालका योजनाविद, परराष्ट्रवदि, शिक्षाविदहरुमा पनि सुरेश राजले आफ्ना अनुगृहित समूह भेट्टाएको छ । प्याबस्नका अध्यक्ष उमेश श्रेष्ठ देखी लिएर गिरिजा वावुका सल्लाहकार डा.सुरेश राज चालिसे सम्म सुरेश राजलाई फेवर गर्ने पक्षमा रहेछन । दरबारका कारिन्दा पशुपतिका छोरीलाई का.वि.मा तुरुन्ता-तुरुन्त नियुक्ती दिलाउन सक्ने सुरेश राजलाई मन्डले होईन भनेर डा.सुरेश राज चालिसे भन्छन भने हामीले मान्नु पर्छ यी समान नामधारी चालिसे बन्धु पनि सुरेश राजकै आस्था बोक्ने रहेछन भनेर । यीनै समूहका आशीर्वाद थापेका सुरेश राजले राता-रात आकस्मिक बैठक प्र.म.क्वार्टरमा गरेका हुन । का.वि.मा शिक्षक-कर्मचारीले मारीसकेको बाजीलाई झेली गरेर हराउने शृँखला यहाँबाट नै शुरुआत भएको हो । विभिन्न आर्थिक भ्रष्टाचारमा नाम मुछेका गिरिजा पुत्रीलाई केही थैली चढाए पछि शक्तिशाली भएका सुरेश राजले सो वैठक पश्चात नै का.वि.मा भौतिक र मानसिक दुबै खाले दमनका लागी अर्हाएका हुन । तसर्थ, बुद्धि वहादुरलाई आत्महत्याका लागी वाध्य गर्ने चेन अफ ईभेन्टसका सुत्रधार सुरेश राज र उनका भर्ष्ट-नातावादी समूह मात्र हो । गिरिजासँग वालुवाटारमा आकस्मिक बैठक गर्नु पनि यसैको एउटा पाटो हो।

दमनले मात्र शिक्षक-कर्मचारीहरु नदब्ने, बरु झन-झन भडकिने कारणले सुरेश राजहरु अहिले आफ्ना डिन, विभागिय प्रमूख लगायत अन्य नातावादी सँयन्त्रका प्यादाहरु मार्फत व्यापक भ्रमको खेती गर्न लागेका छन। कर्मचारी र शिक्षकहरुका बीचमा फुट ल्याउन यता का.वि.परिसरमा भने फलानो काँग्रेस, फलानो माओवादी र फलानो एमाले भन्दै फुटपरस्त राजनितिमा यिनका सानातिना प्यादाहरु लागेका छन । रौटहट निवासी माधव नेपालका खाँटी कार्यकर्ताका सुपुत्र नभेन्द्र पौडेल स्वयम माधव नेपालकहाँ नजराना लिएर धाउने मान्छे हुन। तर, तिनले नै फलानाहरु वामपन्थि भएकाले काँग्रेशीहरुले सुरेश राजलाई सहयोग गर्नु पर्ने कुराहरु पनि गरेका रहेछन । यसले के देखाउँछ भने केयुमा रहेको द्वन्द र लडाई नातावादी, भर्ष हत्यारा समूह र शिक्षक-कर्मचारीहरुका व्यावसायिक समूहका विचमा मात्र हो । आफ्नो नातावादी, हत्यारा, भ्रष्टाचारी गुटलाई का.वि.मा सदाका लागी पराजित गर्ने डरले नै सुरेश राज र यीनका समूह अहिले शिक्षक-कर्मचारीहरुमा फुट पैदा गर्न लागेका छन। का.वि.मा परम्परागत आफ्नो विरोधलाई निष्तेज गर्न सुरेश राजहरुले पहिले पनि धेरै हड्डी धेरैलाई फ्याँकेका थिए । सीतारामका भ्रष्टाचारका बिरुद्ध कुर्लिने पुष्पराजलाई यिनिहरुले अन्तत: हड्डी च्याप्न लगाएर नै छाडे । हड्डी पाएपछि पुच्छर हल्लाउने वानी वसेकाले नै होला पुष्पराजले पनि अहिले हिजो बृजेशले के प्रचार गर्थे, ह.भोला थापासँग कति झगडा भएको थियो र सुरेश राजसँग किन रात्तिनु परेको थियो भन्ने अहिले आरामले बिर्सिसकेका छन । भ्रमका खेतीमा माहीर सुरेश राजको गुटले यसरी नै का.वि.का अन्य धेरै प्राध्यापकहरुका क्रान्तीकारीतालाई पनि निस्तेज गर्ने अपराध गरिसकेका छन ।

असँख्य अपराधका बिचमा सुरेश राजको तडकारो देखिने अपराध यिनले बुद्धि वहादुरको ज्यान लिनु नै हो । खुरुक्क पद त्यागेर आफ्ना पाप-कर्मको प्रायश्चित गर्नुका साटो अहिले मर्ने वेलामा यिनि नेपालीका छोराछोरीलाई नै जीवन त्याग गर्न बाध्य गर्दै छन। नातावादी राजनितिलाई बढावा दिन जे पनि गर्न पछि नपर्ने यिनको सोचले यीनि अत्यन्त हृँशक प्रवृतिका र आफु कुनै हालतमा पनि हार्न नचाहने विवेक शुन्य मान्छेका रुपमा अहिले दरिन पुगेका छन। अनेकौँ आर्थिक अपराधहरुमा सँलग्न रहेका नेपालका राजनैतिक पार्टीहरुले ठोस कदम चाल्दै यीनका सम्पति जफत गर्ने कुनै छाँट-काँट पनि छैन अहिले। तर, भएका प्रमाणका आधारमा यीनी लगायत भोला थापालाई गिरफ्तार गर्ने हो भने यिनिहरुले बुद्धी वहादुरसँग के-कस्तो अमानविय व्यवहार गरेका थिए त्यसको निर्क्योल हुने, यिनिहरुका अपराधको प्रमाणीकरण हुने र यी शैक्षिक माफिया, दलाल, हत्याराहरुलाई जेल पनि कोच्न सकिने अवस्था रहेको कारण सुरेश राजलाई तुरुन्त गिरफ्तार गर्नु सान्द्रभिक देखिन्छ।

साभार: सुरेश राजको फोटो मेरोसँसार मा प्रकाशित ज्ञानेन्द्रको फोटोमा आधारीत।

No comments: