Monday, April 02, 2007

प्रदीप नेपालको दायित्व



करीब ११ वर्ष लामो रक्तपातपूर्ण सँघर्ष पछि माओवादी अहिले राष्ट्रीय मूलधारमा समाहीत भएको छ र देशमा शान्तीको नयाँ टुसा पलाएको छ । केही महिनाका घटनाले केयु भित्र र नेपालमा मन्डले तत्वहरु पुन:जागृत हुन थालेको आभास हामीले पाएका छौँ। समावेशीताको नारा बोकेको नयाँ नेपालमा पारीवारीक जहाँनिया शैक्षिक प्रशासन का.वि.मा कायमै हुनु र यस्तो प्रशासनका विरुद्धमा लागी परेका ईमान्दार कर्मचारी,शिक्षकहरुले जागीर र जीवनबाट हात धुनु पर्ने स्थितिको देशका केही भागमा पुनरुत्थानवादीहरुले मच्चाएको हिँसा र हत्यासँग तुलना नगरी धरै छैन । नयाँ नेपाल बनाउँछु भन्नेहरुका लागी का.वि.भित्रका र नेपाल भित्रका पुनरुत्थानवादीहरुलाई पराजित गर्न लागी पर्नु अहिलेको समयको माग हो । तर, यिनिहरुलाई पराजीत गर्ने कुरा त्यति सजिलो पनि छैन ।


आफुले खाईपाई आएको सुविधा, वर्चश्व र ठूलो धनराशीबाट वँचित हुनुपर्नेहरुका समूह नै प्रतिगमन र पुनरुत्थानमा सँलग्न हुने गरेको स्पष्ट सँकेत हामीले पाएका छौँ । का.वि.मा पनि सुरेश राज शर्मा र सीताराम अधिकारीले दाताको सहृदयता र सरकारको सहयोगले प्राप्त भौतिक सँरचनालाई भजाएर समय-समयमा आफुहरुलाई अत्यन्त ठूलो विकासवादी भन्ने दावा गर्दै आएका हुन । कर्मचारी-शिक्षकहरुका ठूलो जमात भने यी भ्रष्ट प्रशासकहरुका दावीसँग कहिले सहमत रहेका छैनन । कुपा र कुसाको गठन, केही वर्ष अगाडी बलात मारिएको SWC को पुनर्जीवन वर्तमान का.वि. आन्दोलनकै कारण सँभव भएको हो र यसमा आन्दोलनमा सँलग्न रहेर आफ्नो जीविकाका साधन र जीवननै दाउमा राख्ने सम्पूर्ण कर्मचारी शिक्षकहरु प्रशँसाका पात्र छन । का.वि.का शिक्षक-कर्मचारीहरुका आत्मबलिदानी भावना सुरेश राज र सीताराम अधिकारीका नातावाद, कृपावाद र भ्रष्ट आर्थिक कृयाकलापका ठूलो सबुत हुन र यीनलाई नजरअन्दाज गर्न जो-कोहीलाई पनि गार्है छ ।

शायद यीनै कारणले गर्दा नै सुरेश राजको समूह अहिले एकतालाई भाँडने र आन्दोलनमा प्रमूख भूमिका निभाउने प्रत्येक कर्मचारी-शिक्षकहरुका विरुद्ध षडयन्त्र गर्दैछन। निश्चय नै सुरेश राजको भ्रष्ट गुटको आर्थिक-प्रशासनिक र गुन्डागर्दिको षडयन्त्रकारी पक्षलाई भेदन अहिलेको नेपालमा मुश्कील नै देखिन्छ। तर, यावत पक्षका विरुद्ध आन्दोलनलाई निरन्तरता नदिने हो र सुरेश राजहरुकै तलुवा चाटनेमा परिणत हुने हो भने अब हामीले आफूहरु शिक्षक-कर्मचारी हौँ भन्न आफुलाई छोडनु पर्नेछ। तसर्थ, वर्तमान का.वि.आन्दोलनको अपरिहार्यता अहिलेको कटु यथार्थता हो र यो आन्दोलन सुरेश राजका भ्रष्ट गुटको बहिर्गमनका साथ मात्र का.वि.मा शिक्षक-कर्मचारीहरुका हक-हितलाई सँस्थागत गरेर र शहीद बुद्धि वहादुरका बलिदानलाई कदर गरेर मात्र टुङ्गिनु आवश्यक देखिन्छ।

यसै मेसोमा वर्तमान राजनितिका स्तम्भकार तथा बौद्धिक व्यक्तित्व प्रदीप नेपालले शिक्षा मन्त्रालयको बागडोर सम्हाल्नु हाम्रो लागी खुशीको विषय हो । देश-विदेश भ्रमण पश्चातका अनुभवलाई होस या राष्ट्रीय राजनितिका विषयमा होस, धाराप्रवाह कलम चलाउने प्रदिप नेपाललाई जति अन्यलाई प्रवाहित विचारका बारेमा कमै थाहा होला। मान्छेले कलम चलाउने र विकृतीका विरुद्ध आक्रोश प्रकट गर्ने काम विकृतिले हद पार गर्न थाले पछि हुने हो। साथै, कलमजीविहरुका भावुक र सँवेदनशील मष्तिष्कमा धेरै दिनसम्मको अवलोकनले जरो गाडेको सोचले विकृतिलाई सुधार्ने हुनाले नै विचार प्रवाह हुने हो।

यस ब्लगमा पनि हामीबाट प्रवाहित भावनालाई सबैले मन पराउँछन भन्ने छैन। सुरेश राज, सीताराम, भद्रमान, पुष्पराज र मुकुन्द जस्ता हालीमूहाली चलाईरहेकाहरु, यीनिहरुका नातावादी समूह, यिनिहरुबाट विभिन्न शुभलाभ प्राप्त दलाल प्रवृतिका व्यक्तिहरु र यिनिहरुका निगाहमा बाँचेकाहरुले हामीलाई कहिले मन पराएका छैनन । हाम्रा एकतामा भाँजो हाल्न अफवाह फैलाउने देखी लिएर सीधै हाम्रा आत्म-सम्मानमा चोट पुर्याउने धाक-धम्की पनि यि नरपिडकहरुले समय-समयमा सँप्रेषण गरेकै हो। यीनिहरुका यीनै कलुषित विचार र स्वार्थि सोचका कारण हामी निरन्तर कलम चलाँउदै छौँ भने हाम्रै केही मित्रहरुले जीवन र जागीर दुबैबाट हात धोईसकेका छन । हाम्रा भावना र सोचलाई मन नपराउने स्वार्थिहरुलाई का.वि.मा हुर्कँदै गरेको स्वाधिनताका पक्षधरहरुको स्वाभिमानी जवाफ दिएका छन र आफूलाई केही फाईदा नहुने भए पनि मित्रहरुका स्वाभिमानको कदर स्वरुप हामी आफ्ना बहुमुल्य समय यस ब्लगमा खर्च गर्दैछौँ।

यस ब्लगमा अन्तर्वार्ता दिनु हुने मित्रहरु र विरष्ठ प्राध्यापकहरु होस या लेख-रचना पठाएर सहयोग गर्ने मित्रहरु होस, सबैको चाहना का.वि.भित्र बलियोसँग जडो गाडीरहेको गुटबन्दी, भ्रष्टाचार, र नातावादीताको समूल अन्त्य हुनु पर्छ भन्ने नै छ । प्रत्येक लेख र अन्तर्वार्ताले का.वि.मा विकासको नाममा सुरेश राजले मच्चाँउदै आएको हैकमवादको विरोध गरेको छ र यो का.वि.को प्राज्ञिकताका लागी सही होईनन भन्ने स्पष्ट विचार प्रकट गर्ने गरेको छ । यस्तो अवस्थामा एक लेखक आफै शिक्षा मन्त्री हुनु हाम्रो लागी आशाको कुरा हो । यदि प्रदीप नेपालजी आफ्ना लेख-रचनाहरुमा केही विचार र सोचको प्रकट भएको देख्नु हुन्छ भने, उहाँले यस ब्लगमा व्यक्त भावनाहरु पनि बुझ्नु हुनेछ भन्ने हाम्रो दृष्टीकोण छ। यसर्थ, यस ब्लगमा प्रकाशित लेख, अन्तर्वार्ता र सोचलाई मध्यनजर गर्दै, मन्त्री नेपालले टडकारो रुपमा निम्न निर्णयहरु गर्न वान्छनीय देखिन्छ।

१) का.वि.उपकूलपति डा.सुरेश राज शर्माको वर्खास्तगी।
२) का.वि.उपकूलपति डा.सुरेश राज शर्मा द्वारा नियुक्त रजिष््ट्रार, परिक्षा नियन््त्रक लगायत अन्य शैक्षिक-प्रशासनलाई वर्खास्त गर्नु पर्ने।
३) बुद्धि वहादुर विश्वकर्माको निधनका सँबन्धमा का.वि.प्रशासनको दमन-चक्रका सँबन्ध र यसमा सँलग्न प्रमूख व्यक्तिहरु जस्तै सुरेश राज शर्मा, भोला थापा, भद्रमान तुलाधर र मुकुन्द उपाध्यायको भूमिकाको न्यायीक छानविन हुनु पर्ने।
४) मृतक बुद्धि वहादुरका परिवारलाई उचित क्षतिपूर्ती दिनु पर्ने।
५) कुसा-कुपा आन्दोलनमा सँलग्न रहेका कारण षडयन्त्रमूलक ढँगबाट सेवाबाट हटाईएका सम्पूर्ण शिक्षक-कर्मचारीहरुको निशर्त, ससम्मान पूनर्वहाली हुनु पर्ने।
६) कुपा र कुसाबाट कार्यकारी परिषद र सिनेटमा उचित प्रतिनिधित्वको व्यवस्था हुनु पर्ने।
७) सुरेश राज शर्मा र सीताराम अधिकारीका जाय-जेथा, सम्पति र यिनका नातेदार र आसेपासेहरुका सम्पतिको जाँच हुनु पर्ने।
८) अनियमित तवरले का.वि.सेवा आयोगलाई प्रशासनिक वशमा राखेर गरिएका सम्पूर्ण नातेदारहरुलाई अविलम्ब सेवाबाट हटाउनु पर्ने।
९) का.वि.का भवन निर्माण, र अन्य जग्गा-जमिन खरीदमा भएको कमिसनवाजीका सँबन्धमा छानविन गर्नु पर्ने।
१०) का.वि.लाई भ्र्ष्टाचार र नातावाद बाट सदाका लागी उन्मूक्ति दिलाउनका लागी उचित व्यक्तित्वको पहिचान गरेर नेतृत्व सुम्पनु पर्ने।

No comments: