आन्दोलन र सुरेश राज
सुरेस राजको प्राडो त्यहाँ पहिलेदेखि तैनाथ थियो । धुलिखेलको प्रशासकिय भवनअगाडि । सँगै एउटा पहेँलो क्याप लगाएको व्यक्ति जम्बो साइजको लाठीसहित खडा थियो ।
उत्सुकता बढेकाले मैले सोधेँ- 'सुटिङ हुनलागेको हो?'
'आन्दोलन हुनलागेको हो ।' उसले अल्छीलाग्दो पाराले उत्तर दियो ।
'आन्दोलनमा लाठीको के काम नी?'
'होइन, हामी आन्दोलनकारी होईनौँ, हामी सुरेश राज सरका समर्थक हौँ ।'
उसले मलाई सुस्त आँखाले हेरेर भन्यो,
'आज केयुका मै हुँ भनाउँदा नेताहरु, कर्मचारीहरु र विध्यार्थीहरुको यहाँ भाषण छ । त्यसैका लागि मलाई पठाइएको हो ।'
यसैबखत केही व्यक्ति आइपुगे । प्राज्ञिक क्षेत्रसँग सँबन्धित जस्ता लागिरहेका थिएनन । तर धुलिखेलका नै हुनुपर्छ । अथवा भूतपुर्व सम्माननीयज्यु वा उहाँको मन्डलबाट खटाइएका पनि हुनसक्छन् । जे होस्, यिनीहरूको उपस्थितिले लाठीवाल चुस्त भएको थियो । आन्दोलन दबाउनका लागि एकदम तम्तयार ।
मैले भनेँ, 'ज्ञानेन्द्र शैली...।'
'के भन्नुभएको?' उसले मेरो कुरा बुझेन ।
'केही होइन, अब शिक्षक-कर्मचारीहरुका आन्दोलन तपाईंहरूका ज्ञानेन्द्र शैलीको वशमा आउने भयो भनेर भनेको हुँ' , मैले प्रकटमा यस्तो उच्चारण गरे पनि मनमनै भनेँ, 'अबदेखि मन्डले भन्ने वाक्यांश बदल्नुपर्ने भयो ।'
'के भन्नुभएको ?' उसले फेरि दोहोर्याएर भन्यो ।
सानोतिनो हुल भइसकेको थियो । पाँच-सात अरू थपिए । तम्तयार भएर आन्दोलन दबाउन आएका मन्डलेहरु जस्ता लाग्थे । सबैले हात-हातमा लाठी, भाला, चेन र खुकुरी बोकेका थिए । सुरेश राज शर्मा- अमर रहोस् । केयु वचाऔँ-लोकतन्त्र भगाऔँ । सुरेश राजलाई हाम्रो समर्थन- जारी छ । धुलिखेलको भविष्यको लागी - सुरेश राजकै बहाली होस् । हाम्रो माग पूरा गर-आन्दोलनकारीलाई वहिष्कार गर । आदि-इत्यादि । म यी पहेँलाहरुका मुखमुखमा झुन्डीएका नाराहरु सस्वर पढ्न थालेँ । शुरुको लाठीवालाले हुलको नेतृत्व लिन थाल्यो । फाट्टफुट्ट मानिस आइरहेका थिए । मजस्तो कौतूहलवश वा आन्दोलनलाई दबाउन आएका हुन्, भन्न गाह्रो थियो । एक-दुइ गोरा विदेशी पनि उभिएका थिए । एक कालो चस्मा लगाएको, भादगाँउले कालो टोपी र दौरा सुरुवालधारी रातो-पिरो व्यक्ति आइपुग्यो । मैले कतै यसलाई देखेको जस्तो लाग्यो । तर पटक्कै ठम्याउन सकिन । निकै बल गरेर पनि सफल हुन नसकेकाले उसैसँग सोधेँ, 'तपाईं तेल प्रसादजी हो ?'
क्रमश:

No comments:
Post a Comment