आन्दोलन र सुरेश राज (अन्तिम भाग)
'तपाईंलाई कोजस्तो लाग्यो?'
'होइन, भूतपूर्व सम्मानिय ज्यु हो कि भनेर सोधेको ।' यो उल्टो प्रश्नले म हडबडाएँ ।
का.वि.लाईब्रेरी भवन अगाडी सिमेन्टीको मञ्चमा चढेर केही व्यक्ति माइक फिट गरिरहेका थिए । एउटा रातो रङ्गको ब्यानर पनि मन्चको सिरानमा झुन्ड्याइएको थियो- 'शिक्षक-कर्मचारीहरूको शान्तिपूर्ण आन्दोलनमा साथ दिनोस् ।' तल सानो अक्षरले अँग्रेजीमा कुपा र कुसा जस्तो पनि केही लेखिएको थियो । मैले टाढाबाट पढ्ने प्रयत्न गरेको थिएँ । हो नै भन्न सक्दिन ।
त्यताबाट नजर हटाएर तेलप्रसादलाई भनेँ, 'अब आन्दोलन चर्कीने भयो ।'
'कसरी चर्कीने?'
'केही होइन ।'
'तपाईंले भर्खरै आन्दोलन चर्किने भयो भन्नुभएको होइन ?' उसले जोड दियो ।
'भनेको हुँ ।'
'यसको मतलब के हो?'
'हेर्नुस, तपाईंहरू लाठी, भाला, खुकुरी, नानचाकु, चक्कु, छुरी, रड, साईकलको चेन, मोटरसाईकलको चेन, गाडीको एक्सल, नकल्स, भाटा, बाँस, धङ्गारु लौरो, चिर्पट आदि जे पनि बोकेर आउनु भएको छ र यसैले शान्तीपूर्ण आन्दोलनमा आगो बाल्दै हुनुहुन्छ भने के आन्दोलन अब नचर्किएला त?' मैले तेल प्रसादलाई आफ्नो हेराइले भेदन गर्ने प्रयत्न गरेँ ।
'तपाईं हाम्रो पक्षमा की आन्दोलनकारीको पक्षमा?' उसले ननिको मान्यो ।
'तपाँईहरुको पक्षमा भन्न त्यस्तो सजिलो कहाँ छ र?' मैले भनेँ ।
'के भन्नुभएको?'
'केही होइन ।'
मञ्चबाट गीत बज्न थाल्यो । पुरानो जागरण गीत थियो । 'एक जुगमा एक दिन एक चोटी आउँछ, उलट-पुलट, उथल-पुथल, हेर-फेर ल्याउँछ...।' जनआन्दोलन-२ कालमा यो गीत निकै बज्ने गर्थ्यो। अब शिक्षक-कर्मचारीहरुले आफ्नो आन्दोलनका लागि यो गीतलाई सम्झेका थिए । गीत जोड-जोडले बजिरहेको थियो । म दङ्ग परेँ । मलाई चुपचाप देखेर उसले भन्यो, 'तपाईं पनि सुरेश राज विरोधि आन्दोलनकारी हो?'
'आन्दोलनकारी त होइन, तर आन्दोलनकारीसँग सम्बन्धित भने हुँ ।'
'कस्तो सम्बन्धित?'
'म अभिभावक हुँ ।' हलुका ढङ्गले हाँसेर भनेँ ।
मेरो कुरा सुनेर तेलप्रसादले मलाई कालो चस्माभित्रको आँखाले घुरेर हेर्यो । मैले पनि प्रत्युत्तरमा उसलाई यसरी नै हेरेँ । एक्कासी मलाई स्मरण भयो- यसलाई मैले स्पोटलाईटमा देखेको थिएँ । स्पोटलाईटमा मन्डले,हत्यारा, आफ्नै छात्राको लोग्ने सुरेश राजको वकालतमा अन्तर्वार्ता दिँदै यसको तस्वीर छापिएको थियो । मैले तत्कालै भनेँ, 'तपाईंको तस्वीर स्पोटलाईटमा देखेको थिएँ ।'
'ए, त्यहाँ नदेखे के चेन्जईनकेयुमा देखिन्छ त? ।' ऊ क्रुद्ध भयो, 'यो हामीले गरेको मिडिया वार हो ।' अनुहार रातो-रातो देखियो, 'हामी मन्डलेहरुका विरुद्ध आन्दोलन गर्दै ब्लग चलाउने र नारा जुलुस गर्नेहरुलाई पनि हामी उनीहरुकै भाषामा पनि जवाफ दिन सक्छौँ ।' उसको क्रोध निरन्तर बढिरहेको थियो, 'अब सुरेश राजका समर्थकहरु चुपचाप लागेर बस्ने छैनन् ।' उसको हृष्टपुष्ट गालाबाट रगत चुहेलाजस्तो देखिन्थ्यो ।
एउटा चिल्लो कार सँगैको सडकमा वेगले आएर घ्याच्च रोकियो । त्यहाँबाट थुलथुल कायाका-मुन्द्राधारी व्यक्तिहरु अहिले त झन धारीलो हतियारका साथ ओर्लिए । पक्कै स्थानिय मन्डलेहरु हुनर्ुपर्छ । किनभने यिनीहरूलाई देखेर लाठिधारी हुलबाट ठूलठूलो स्वरमा 'आन्दोलन मुर्दवाद...' को नारा लाग्न थाल्यो । मन्डलेहरू सोझै मञ्च भएतिर लम्किए र म पनि पछि-पछि लाग्न थालेँ। गीत बन्द भयो । उद्घोषण आरम्भ भयो । र अभूतपूर्व भाषणबाजी चल्न थाल्यो । अर्थात् शिक्षक-कर्मचारीहरुको आन्दोलन आफ्नो पूर्णतामा थियो । यिनीहरूका जोडदार भाषण सुन्दासुन्दै मलाई के लाग्यो भने अब हामीजस्ता सामान्य अभिभावकहरुले केयुका सँबन्धमा टेन्सन लिनु पर्ने दिन गएका छन ।
तर, एक्कासी मन्चका पछाडीबाट सुरेश राज अगाडी अगाडी र पछाडी-पछाडी तेल प्रसाद र समूह देखा पर्यो। उदघोषक मन्चमा चढन बाट सुरेश राजलाई रोक्दै थिए, कसैले उदघोषकलाई पिँडुलामा लाठी बजारे छ। उदघोषक ठाँउका ठाँउमा लडे । त्यसपछी त मन्चमा ठूलो हडकम्प मच्प्चियो र सब भागा-भाग भए । ज्यान बचाउन भागेकाहरुका धक्काले म पनि कान्ला मूनि खसेँ । एकाध घन्टा पछि बल्लबल्ल कान्ला चढेँ र मन्चमा पुगेँ । एउटा लास लडिरहेको थियो । कुनै महिला चिच्याउँदै थिईन र भन्दै थीईन यो "सुरेश राजको काम हो, र यो भोला थापाको काम हो....।"
प्रतिष्ठित नेपाली अखबारका सँवाददाता पनि हो मा हो मिलाउँदै थिए ।
भोलीपल्ट टेलिभिजन हेरेँ, सुरेश राज र भोला थापालाई गिरफ्तार गरेको समाचार त आएको छैन भनेर । तर, के यो ? टेलीभिजनमा त सुरेश राजको अभिनन्दन पो भईरहेको रहेछ । टेलिभिजनबाट चित्रका साथ-साथ शब्दको प्रक्षेपण पनि भईरहेको थियो । कसैले भन्दै थिए सुरेश राजलाई अब शिक्षामा नोवेल पुरस्कार दिनु पर्छ, अर्कोले थप्दै थियो अर्को वर्ष यसलाई म्यागासेसे पुरस्कार दिनुपर्छ। । त्यतिकैमा नाम चलेका प्रकाशक आईपुगे र सुरेश राजलाई ग्वार्लाम्म अँगालो हाले ।

No comments:
Post a Comment