Sunday, January 04, 2009

नातावादको आरोप र बाबुरामको प्रतिकृया

नातावाद कहिँ पनि हुनु हुँदैन। नातावाद हुनु भनेको योग्यतालाई गलहत्याउनु हो। योग्यतालाई गलहत्याउनु भनेको जहाँनिया प्रथा चलाउनु हो, जातिवादीतालाई प्रश्रय दिनु हो, चाटुकारीतालाई चुम्बन गर्नु हो र दलालीलाई जीवन दर्शन बनाउनु हो। सचेत मानिसहरु डराउँछन नातावादको आरोप लाग्ला भनेर। ईमान्दार व्यक्तिहरु धेरै त्रसित हुन्छन यस्ता आरोपसँग। किनभने एकचोटी यो आरोप लाग्नु भनेको जीवन भरका लागी कलँकित हुनु हो। यो आरोपलाई न नातेदारको योग्यताले ढाकछोप गर्न सकिन्छ न आफ्नो विकासवादी वा क्रान्तिकारी योगदानको बखानले ओझेलमा पार्न सकिन्छ। 

भयँकर खतरनाक कुरा हो नातावाद। नेपालको विकास वास्तवमा अरुले होईन नातावादले ध्वस्त पारेको हो। नेपालको शिक्षा क्षेत्र, प्रशासन र राजनिती सबैतिर नातावादले त्राहिमाम मच्चाएको छ। 

नातावाद र सुरेश राज

एकताका सुरेश राज खुब बखान गर्थे किन काठमाडौँ विश्वविध्यालय चाहियो भन्दै। अप्रत्यक्ष रुपमा नातावादलाई उनले प्रहार गरेका थिए। उनी बोल्दै थिए नेपालमा विश्वविध्यालयको आवश्यकताका लागी। उनी भन्दै थिए सचिव लगायत दरबारका नजीकका प्रशासक र पहुँचवालाहरुले ईन्जिनियरिँग र मेडिकलमा आफ्नै भाई-भतिजा, भान्जा-भान्जी मात्र पढन पठाए। भारत निर्वासनमा रहेका काँग्रेसका नेताहरुले भारतीय नेताहरुका आशिर्वादले आफ्ना नालायक छोरा-छोरीलाई पनि ईन्जिनियर -डाक्टर बनाए। कम्युनिष्टहरुले रुस र चीनमा आफ्ना छोरा‍-छोरीलाई एकलौटी पठाउन थाले। न दरबार र नेपाल प्रशासनका सचिवहरुका छोरा-छोरी योग्य र मेधावी छन न काँग्रेस वा कम्युनिष्ट नेताहरुका छोरा-छोरीहरु मेधावी छन। पहुँच नभएका तर मेधावी नेपालीहरु डाक्टर वा ईन्जिनियर नहुने हो भने देशको विकास कहिले हुन्छ? देशको विकासकै लागी हो हामीले काठमाडौँ विश्वविध्यालयको स्थापना गरेको। योग्य र मेधावी नेपालीहरुलाई नै डाक्टर-ईन्जिनियर बनाउनकै लागी हो हामीले काठमाडौँ विश्वविध्यालय बनाएको। 

थर्ड क्लासहरु नेता हुने, सचिव हुने, प्रशासक हुने र पहुँचवाला हुने नेपालको वर्तमान अवस्थामा सुरेश राजको जति प्रशँसनिय सोचाई कसैको छैन। योग्यतालाई मात्र प्राथमिकता दिने हो र योग्य नेपालीहरुलाई निर्धक्क काम गर्न दिने हो भने देशको विकास अवश्यँभावी छ। कसैले नराम्रो भन्दैन सुरेश राजको कुरालाई। तर, काम हेर्नुस त?

अयोग्य छोरीलाई योग्य बनाउन आवश्यक प्रतिशतलाई‌ पचासबाट रातारात पैतालिसमा झारे। बक नफुटने लाटो भाईलाई चौबिसै घन्टा थुतुनो चलाउनु पर्ने जिम्मा सुम्पँदै प्रमूख प्रशासकिय अधिकृत बनाए। मतियार सीतारामले केयु पारस बृजेशलाई वर्षभरि कुनै विषय नपढाईकन शिक्षक बनाईराख्दा, "यस्तो हुँदैन, कसैले वर्ष भरि तालिम लिन पाईँदैन" भनेर कहिले बोलेनन । यसरी नालायकलाई लायक बनाउन पाईन्न भनेर कहिले बोलेनन। सीतारामले कनिष्ठ पुत्र शरदलाई टेक्निशियन मात्रै हो भन्दै आईएसएमयु (Internet Service Maintenance Unit) मार्फत मेनेजर बनाउँदा, कहिले आपत्ति जनाएनन। बरु, हाल दिवगँत छोरीलाई पनि मेनेजर बनाउने बाटोको जोहो भयो भन्दै नातावादी पथ-प्रदर्शनका लागि सीतारामलाई चुमे होलान। 

भाषण, भेट-घाट र छलफलमा सुरेश राजले बोलेका हरेक शब्दलाई यीनको व्यवहारले खन्डीत गरिसकेको छ। यीनले काठमाडौँ विश्वविध्यालयमा नातावाद लादेका मात्र छैनन, सीताराम देखी लिएर भद्रमानसम्मका नातेदारहरुलाई नातावादी सँयन्त्रमार्फत काठमाडौँ विश्वविध्यालयका प्राध्यापक, मेनेजर, प्रशासक हुँदै खर्दार, सुब्बासम्म बनाएका छन। नातावादमा सुरेश राजको अत्यन्त विश्वास र भरोसा रहेको ठुलो प्रमाण भने जागीर भन्दा बाहेक गुन्डागर्दीमा समेत नातावाद अँगाल्नु नै हो। जलन कुमार जस्ता खुँखार भ्रष्टाचारी यदि सुरेश राज शर्माकै भ्राता-अनुज नभएका भए धुलिखेलसम्म गएर आक्रमण गर्ने थिएनन। सयौँ प्राध्यापक-कर्मचारीका माझमा सँस्थापक प्राध्यापकमाथि नातावादी हमला गर्ने हिम्मत यीनले कुनै हालतमा गर्नेवाला थिएनन। 

सुरेश राजको नातावादको सबैभन्दा डरलाग्दो पक्ष भनेको यीनको रक्तपिपासुपन नै हो। नातावादको आरोपबाट उठेको आन्दोलनलाई दबाउन अन्तत:गोत्वा यीनले निमुखा दलितलाई बाँच्नै दिएनन।

चरम नातावादको उदाहरण


काठमाडौँ विश्वविध्यालयको पूर्व प्रारुप भ्याली क्याम्पसका उत्पादक डेनियल तुलाधर प्रवीणता प्रमाणपत्र तहमा निक्कै निम्नस्तरका विध्यार्थि थिए। पछि का.वि. रजिष्ट्रार डा. भद्रमान तुलाधरले यिनलाई आफ्ना रसियन सँबन्धको प्रयोग गर्दै युक्रेनमा पढन पठाए। मिल्दो विषय नपाएपछि यिनले पढनु परेको विषय हो हाईवे ईन्जिनियरिँग। तर, पढाई सकिना साथ भने आफ्ना डिनकालमा दरबन्दीको म्याद गुज्रिसके पश्चात पनि डा. भद्रमान तुलाधरले यिनलाई मेकानिकल विभागमा असिस्टेन्ट प्रोफेसर बनाए। बाबु डिन वा रजिष्ट्रार हुने हो भने हाईवे ईन्जिनियर पनि मेकानिकल ईन्जिनियर बन्ने अनुपम उदाहरण काठमाडौँ विश्वविध्यालयमा छ। सुरेश राज शर्मा काठमाडौँ विश्वविध्यालयको सेवा आयोग अत्यन्त निष्पक्ष रहेको कुरा अन्तर्वातामा छाँटछन। तर, यिनी कहिले भन्न सक्दैनन कि काठमाडौँ विश्वविध्यालय सेवा आयोग र लोकसेवा आयोगका तालिकामा समानता छ भनेर। लोकसेवा आयोगका दरबन्दी र त्यहाँ प्रचलित नियमलाई हेर्ने हो भने कुनै हाईवे ईन्जिनियरले मेकानिकल ईन्जिनियरिँगको प्राध्यापक कहिले हुन सक्दैनन। यो सानो उदाहरण हो काठमाडौँ विश्वविध्यालयमा झ्याँगिएको नातावादको स्वरुपको। 

नातावाद र बाबुरामको भूमिका 


बाबुराम भट्टराईका सँबन्धमा हामिले केही कुरा पहिले पनि स्पष्ट गरिसकेका छौँ। हेर्नु हाम्रो पुरानो ब्लग "बाबुरामलाई चुनौती"। हाम्रा भनाईलाई पुष्टि गर्दै डा. भट्टराईले आफ्नो सफाई दिनु भएको छ। राजनैतिक रुपमा नातावाद नयाँ कुरा होईन। प्राज्ञिक क्षेत्रसँग दाँज्ने हो भने राजनितिक क्षेत्रमा हुने नातावादी नियुक्ति आवधिक नियुक्ति मात्र हो। रित नपुगेको र योग्यता नपुगेको नियुक्ति छ भने यस्ता नियुक्ति दिने मन्त्री-नेता-प्रधानमन्त्री छिट्टै गन्हाउँछन। दुर्गन्धितहरुलाई तह लगाउन जनताले पाँच वर्षे अवधि पनि पाउँछन। राजनैतिक रुपमा प्रचलित नातावादको विरुद्द यिनै प्रावधान काफि छन। तर, विश्वविध्यालय सेवामा भने यस्तो हुँदैन। काठमाडौँ विश्वविध्यालयको अनुभवलाई हेर्ने हो भने नातावाद यहाँ जागिरका लागी मात्र होईन, शैक्षिक उपाधि बढाउन र भविष्यमा जहाँिनया रितले प्रशासक बनाउन अगाडी आएका देखिन्छन। माथि उल्लेखित डेनियल तुलाधरको उदाहरण हेर्ने हो भने, यिनी प्राध्यापनका लागी कुनै हालतमा ठीक व्यक्ति होईनन। आई.एस्सी देखी नै निम्न स्तरका विध्यार्थि थिए यिनी। तर, काठमाडौँ विश्वविध्यालयमा यीनको उठान हेर्ने हो भने, सुरेश राजको ठाउँमा मनिष पोखरेल, सीतारामको स्थानमा बृजेश अधिकारी आउने परम्परा अनुरुप यिनलाई भद्रमानका ठाँउ लिन तयार पारिएको देखिन्छ। त्रिमूर्तीको परम्परालाई अर्को पुस्तामा हस्तान्तरण गर्ने सुरेश राजको अभिष्टले स्पष्ट सँकेत गर्ने कुरा हो प्राज्ञिक क्षेत्रमा नातावादको प्रादुर्भाव काठमाडौँ विश्वविध्यालयबाटै भएको हो। 

अर्को तर्फ, आवधिक रुपमा लगाम कसिने अवस्था हुँदा-हुँदै पनि मानिसहरु चरित्र हत्यामा लागेका छन। गिरिजाले अत्यन्त अयोग्य छोरीलाई मन्त्रि र पार्टी सुम्पिने प्रकृयामा लाग्दा प्राकृतिक हस्तान्तरण हो भन्नेहरु अहिले डा. बाबुरामका विरुद्धमा विष अोकल्न थालेका छन। माओवादी सरकारबाट हटने बितिक्कै माओवादीका वर्तमान नियुक्तिहरु बदर हुन सक्ने सँभावना छ। राजनैतिक नियुक्तिलाई राजनैतिक रुपबाटै अवकाशमा परिणत गर्न सकिन्छ। यस्तो अवस्थामै पनि कोही बदनाम गर्न तम्सन्छन भने, उपाय के त? 

शायद एउटा उपाय त्यही हो जुन डा. बाबुरामले गरेका छन। आफु विरुद्ध लागेका नातावादको आरोपका सँबन्धमा डा. बाबुराम भट्टराईले आफ्ना पत्रमा खुलारुपमा नातालाई खुलाउन चुनौती दिएका छन। यो यस्तो कुरा हो जुन काठमाडौँ विश्वविध्यालयका सुरेश राज शर्मा, सीताराम अधिकारी र भद्रमान तुलाधर कहिले गर्न सक्दैनन। 

नेपालमा हाल नातावादको विरुद्ध सशक्तरुपमा कोही आन्दोलनमा छ भने त्यो हो काठमाडौँ विश्वविध्यालयमा। नातावादको विरुद्ध कसैको तार्किक कुरा अगाडी आएको छ भने त्यो हो यहाँ रहेका विद्धत वर्गको। अर्थमन्त्रि बाबुराम भट्टराईले नातावादको आरोपबाट बच्नका लागी केही सफाई दिएका छन। उनी आफु चोखिने बाटोमा लागेका छन र पत्रकारहरुलाई दुष्प्रचारमा लागेर प्रतीगमनलाई नसघाउन बोलेका छन। 

तर, के बाबुराम भट्टराई व्यक्तिगत रुपमा चोखिएर मात्र पुग्छ र? के अर्थमन्त्री र वर्तमान मन्त्रिमन्डलका वरिष्ठ सदस्यका नाताले उनले सुरेश राजलाई भाई मुकुन्द, सीतारामलाई छोरा द्वय बृजेश र शरद, रजिष्ट्रार भद्रमानलाई छोरा डेनीयललाई तुरुन्त सेवाबाट हटाउन निर्देशन दिनु पर्दैन? के उनले सुरेश राजको सम्पूर्ण नातावादी सँयन्त्रलाई तुरुन्तै खारेज गर्न सुरेशराजलाई पत्र लेख्नु पर्दैन?

व्यक्तिगत रुपमै नातावादको आरोपबाट मर्माहन्त हुने व्यक्तिहरु नातावादलाई मन पराउँदैनन। डा. बाबुरामको भनाई र खन्डनलाई हेर्ने हो भने यिनी नातावादीहरुलाई कुनै हालतमा राम्रो मान्न तयार छैनन। तर, यस कुरालाई के बुद्धिविलासकै चरणमा मात्र सिमित राख्ने त? नेपालमा परिवर्तन ल्याउँछु भन्नेहरुले के सबै किसिमका नातावादीहरुलाई तह लगाउनु पर्दैन त? 

No comments: