Thursday, June 29, 2006

डा. शर्मालाई पत्र


साभार:कान्तिपुर दैनिक (पाठक मन्च)
Source:(http://www.kantipuronline.com
/kolnepalinews.php?&nid=78110)

असार १० मा 'साधु र शिक्ष्ाा' शीर्षकमा डा. सुरेशराज शर्माको लेख पढियो । त्यसको सारमा उनले हाम्रो देशको कुनै तपस्वी व्यक्तिको सम्मान गर्ने संस्कार बसेन भन्न खोजेका छन् । अस्तिमात्र हामीले डा. रमेशचन्द्र अधिकारीसँग यो देशमा पं. नयराज पन्त, योगी नरहरिनाथ र डा. स्वामी प्रपन्नाचार्यहरूको किन यथोचित सम्मान हुनसकेन भन्नेबारे पनि विराट बहस गरेका थियौं । ५-६ वर्षअघि 'विभिन्न जिल्लामा प्रहरी चौकीमाथि माओवादी आक्रमण भई प्रहरी जवानहरू ऐया-आत्था भनी कराउँदा किन एकजना पनि तिनलाई पानी पिलाउन आउँदैन' भनी तत्कालीन गृहमन्त्री गोविन्दराज जोशी बर्बराउँदा मैले 'प्रहरीले जसरी जनतासामु आफ्नो जंगली र क्रूर एवं अमानवीय स्वभाव वा पहिचान बनाएको छ, संकटमा पर्दा उसको सघाउमा जनता नआएका हुन्' भनी लेखिसकेको प्रसङ्गलाई सम्झन्छु । हालै ८४ जना पत्रकारले शाही सरकारको हन्डी सूची प्रकरणविरुद्ध अलाप-प्रलाप र बर्बराहट गरेका कथा सम्झन्छु । डर त कहाँ लाग्छ भने त्यसरी हन्डी खाने अरू १ सय २७ जनाको नाम प्रकाशमा आउन बाँकी नै छ, जुन हन्डी तिनले रक्ष्ाा मन्त्रालय, गृह मन्त्रालय, शाही जंगी अड्डा र प्रहरी प्रधान कार्यालयबाट बुझेका थिए । यी तिनै हन्डी हुन्, जो जिग्मे सिङ्गे वाङचुकदेखि सुवास घिसिङ, पवन चाम्लिङ र भारतीय राजदूतावासबाट बेग्लाबेग्लै सेवाका लागि दक्ष्ािणा थाप्छन् । शाही दरबारले बाँड्ने गरेको पेन्डुराको बाकस उधि्रयो भने त त्यो नेपालको तहल्का डट कम नै हुनेछ ।

दुर्गानाथ शर्माहरूले समाचारपत्रमा कुर्लिने मौका पाए । सूबथा र बाह्राैं खेलाडीहरूले पूरा सहिद मञ्च भ्याए । माइती नेपाल आदर्शको प्रतीक भयो । भरतकेशर सिंहहरू हिन्दू धर्मका व्याख्याता बने । खड्ग ओली परराष्ट्र अनि बालारामहरू आवासमन्त्री बने । कतिको नाम लिने कानुनमन्त्री भएका विष्णुमोहन कि शिक्ष्ाामन्त्री भएका जोगमेहर श्रेष्ठ ? त्यसैगरी विज्ञान तथा प्रविधिमन्त्री भएका रामकृष्ण आचार्य कि अर्थमन्त्री भएका रवीन्द्रनाथ शर्मा ?

अरू त अरू बडाहाकिम भई खाइखेलेका प्रशासकहरू, विश्वविद्यालयका उपकुलपति अनि पार्टीका नेताहरू पत्रिकाका सम्पादक बन्न थाले । प्रधानमन्त्री भइसकेका व्यक्तिहरू राजदूत अनि मन्त्री भइसकेका व्यक्तिहरू टिम्बर कर्पाेरेसनका अध्यक्ष्ा !

पार्टी केन्द्रीय समितिको व्यक्ति राज्यमन्त्री अनि सोही पार्टी र क्याबिनेटमा पार्टीको साधारण कार्यकर्ता क्याबिनेट मन्त्री ! जुँगामुठे सांसद सुत्केरी अनि ब्रह्मनाल र भुसतिघ्रे पुरुष महिलामन्त्री भएपछि बाँकी केही रहन्छ ?

सुरेशराज शर्मा कुरै नबुझ्ने मान्छे त पक्कै होइनन् । त्यसमाथि इनेगिनेको शिक्ष्ााविद् पनि । तपाइर्ंहरूले नै बनाउनुभएको होइन, राष्ट्रिय शिक्ष्ाा पद्धतिको नयाँ शिक्षा योजना ? तर त्योभन्दा पनि दुःखचाहिँ काठमाडौं विश्वविद्यालयभित्र रहेको तपाईंको पारिवारिकतन्त्र र भ्रष्टाचारका कथाव्यथा पढ्दा लागेको छ । तर मौनीबाबाजस्ता साधुहरूलाई मान्ने संस्कार बन्न नदिनमा तपाईंहरूका तिनै दुष्कर्म जिम्मेवार छन् । किनभने नेपालमा उपयुक्त व्यक्तिलाई उपयुक्त कुर्सी र जिम्मेवारी दिइँदैन मात्र होइन, यहाँ कुनै पनि पदका लागि न्यूनतम मापदण्ड छैन ।

जिन्दगीभर कानुनको बहस पैरवी गर्ने र भवनका नक्शा बनाएर हिँड्नेहरू अर्थमन्त्री बनाइए । गणितको प्राध्यापकलाई वैज्ञानिक संस्थाको उपकुलपति बनाई जग हसाउँदा उनैको स्वर ठूलो भयो । परिणाम तपाईं-हाम्रा सामु छ । यिनैको कर्तुतले देशमाथि तीन सय खर्ब विदेशी ऋणको बोझ छ । एकजना नेपाली गर्भमै १५ हजार रुपैयाँको ऋणी भएर जन्मन्छ । मुलुक टाट पल्टिसक्यो र अब विफल राष्ट्र हुनेतर्फ उन्मुख छ । यसको जवाफदेही कसको ? अनि हामीले चाहिँ मौनीबाबाहरूलाई मान्नुपर्ने ! कस्तो विडम्बना छ, देशमा सहिदपुत्र वा नेतापत्नी भए नेता, मन्त्री, सांसद, भीसी जे बनाए पनि फरक नपर्ने !

०५० सालमा विद्यावारिधी गरिरहँदा मेरो अध्ययनमा मौनीबाबाको प्रसङ्ग पनि आएको थियो । त्यसबारे मेरो प्रकाशित शोधपत्र नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा उल्लेख पनि गरेको छु । तर उनको पुण्यात्मामा चाहिँ चोट नपरोस् । किनभने तिनको मानमनितोको संस्कारका अन्तरघाती हामी हौं । त्रिविबाट आफ्नो पूर्ण कदको व्यक्तित्व निर्माण गर्ने शर्मालाई आज आफ्नो मातृसंस्थाको कतिको सम्झना आउँछ ? के आफूलाई जन्माउने त्यस विश्वविद्यालयको मानमनितोको संस्कारचाहिँ आवश्यक पर्दैन ?

०५५ सालजस्तो लाग्छ, त्यस वर्ष गोर्खा दक्ष्ािणबाबु तृतीया पाउनेको सूचीमा २ जना नेपाली डाँका परेका थिए । ०५७ सालमा एमालेले आफ्नो पार्टीको बारा जिल्लाका उपसचिवलाई डकैतीमा संलग्न आरोपमा पार्टीबाट निष्काशन गर्‍यो । सोही वर्ष भ्रष्टाचारले छापा मारेका २२ जना कर्मचारीमध्ये ३ जनाले पनि सोही वर्ष गोदवा पाएका थिए । ठाउँ-कुठाउँ सेना र प्रहरीका भेषमा बलात्कार, डकैती र पकटेमारको घटना त आमकुरा भएका छन् । तर भरतकेशर र स्वामी प्रपन्नाचार्य अनि नेपाली बाबाहरूलाई हामीले कसरी सम्मान दिने ? ती त पहेँलो वस्त्रमा राजनीतिका सक्रिय कार्यकर्ता हुन्, त्यो पनि शाही दरबारका ! छ चित्त बुझाउने कुनै ठाउँ ! यिनै कारण नेपाली समाजले संस्कार बसाउन नसकेको हो ।

मदन पुरस्कार पाउने भनौं कि साझा पुरस्कार अनि पृथ्वी प्रज्ञा भनौं कि भूपालमानसिंह कार्की ? प्राज्ञ भनौं कि प्राध्यापक ? मन्त्री भनौं कि प्रधानमन्त्री ? हेरौं त तरिका ? के कुनै पारितोषिक वा पदका लागि कुनै पनि मापदण्डचाहिँ छैन ? फलस्वरूप मानिसमा अपसंस्कृतिको विकास भयो । कसैले कसैलाई नमान्ने अपसंस्कृति । यी सबै ठग, चम्चा र भाट हुन् भन्ने प्रवृत्ति नै हाम्रो संस्कार बन्यो । वस्तुतः यो कुसंस्कार थियो, तर यथार्थमा हामी त्यही कुसंस्कारका बाहक बन्यौं । एउटा भनाइ छ- इतिहासले मान्छेलाई सिकाउँदैन, दण्डमात्र दिन्छ । हामी त्यही दण्ड भोग्दैछौं । विश्व हिन्दू महासंघका अध्यक्ष्ाले सडकमा पिटाई खानु अनि राज्यले उल्टै हतकडी लाउनु ! यो दण्ड होइन ? डा. साप ६५ त नाग्नुभयो होला, पहिले आफैं संस्कार हुने होइन ? आफू मुक्त नभई अरूलाई मुक्त पार्न सकिँदैन । आजको आवश्यकता आफ्नै मुक्ति हो । थालनी यहीँबाट गरौंन, कसो ?

- डा. सुरेन्द्र केसी
सहप्राध्यापक
त्रिवि, इतिहास केन्द्रीय विभाग कीर्तिपुर

---

पानी उम्लेपछि पोखिन्छ । यो उखान ठ्याक्दै मिल्दो बनेको छ, काठमाडौं विश्वविद्यालय -केयु) का हकमा । एक महिनायता केयुमा कार्यरत र त्यहाँबाट निकालिएका प्राध्यापकमार्फत विश्वविद्यालयबाट उनीहरूले सामना गर्नुपरेको अवहेलना र अन्यायका प्रकरण 'तीव्र असन्तुष्टि'का रूपमा आइरहेका छन् । असन्तुष्टको समूहमा पर्ने एक पात्र म पनि हुँ ।

केयुसम्बद्ध सबैलाई थाहा छ, लेक्चरर भएको सात वर्षसम्म पनि कसैले आफ्नो योग्यतालाई कमसेकम एक तह बढाउन सकेन भने ऊ स्वतः त्यो पदबाट हट्नुपर्ने हुन्छ । अर्को, विश्वविद्यालयले आफ्नो पहलमै कसैलाई उच्चशिक्षाको अवसर -स्वदेश/विदेशमा) दिन्छ भने उक्त व्यक्ति आफ्नो अध्ययनपछि फर्केर पुनः विश्वविद्यालय सेवामा सम्मिलित हुनसक्छ ।

तर मेरा हकमा यी दुवै लागू भएका छैनन् । लेक्चरर रहेर काम गरेको करिब चार वर्षमा, केयुकै पहलमा छात्रवृत्ति प्राप्त गरी म सन् २००२ मा उच्चशिक्षाका लागि अष्ट्रेलिया गएँ । डेढ वर्षे शिक्षा पूरा गरी फर्किएपछि म कामको खोजीमा सर्वप्रथम केयु पुगेँ । उपकुलपति र डिनले मलाई पुनर्बहाली गर्ने पूर्ण आश्वासन दिए । एक महिना बितिसक्दा पनि केयुबाट कुनै खबर नआएकाले कुरा बुझ्न केयु गएँ । उनीहरूले पुनर्बहाली गर्नै नसकिने बताए । एकदिन मेरो आशाभरोसा पूरै टुट्यो, जुन दिन केयुले अर्कै पात्रलाई मेरो ठाउँमा राख्यो । यो झन्डै एक महिना अघिको कुरा हो ।
व्यञ्जना शर्मा
हाल : कीर्तिपुर, काठमाडौं

---

केही समयदेखि पत्रपत्रिकामा तपाईंका बारे धेरै कुरा पढ्न पाइएको छ । तपाईं सम्मानित हुनुभएका, तपाईंले दोसल्ला ओढेको समाचार पनि आइरहेका छन् । यी सबै पढेपछि र अहिले सुरु भएको अनाहकको सुरेशराज विवादपछि मलाई लागेको छ— सही र संगतपूर्ण व्यक्तिको सफलतामाथि किन यतिविघ्न आरिस ? एउटा मध्यमवर्गीय परिवारमा जन्मे-हुर्केर उच्चशिक्षा हासिल गर्न र नेपाली शिक्षा क्षेत्रमा योगदान पुर्‍याउन उद्यत असल पात्रमाथि किन यतिविधि लाञ्छना ?

काठमाडौं भ्याली क्याम्पसले काठमाडौं विश्वविद्यालयको विशाल रूप लिइसकेको छ । धुलिखेलको नांगो डाँडा शिक्षाको केन्द्र बनिसकेको छ, यो आफैंमा गौरवको कुरा हो । शर्माको लगनशीलता, कटिबद्घताले हुनसकेको यो विकासलाई किन ओझेल पारिँदैछ ? यो विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू देश-विदेशमा उच्चस्तरीय दक्षतामा पुगेका छन् । विश्वविद्यालयमा आर्थिक स्राेत ल्याउन र पाएको सहयोगलाई सही ढंगले व्यवस्थित गर्नमा पनि शर्माको हात छ ।

- उज्ज्वल अधिकारी

No comments: